गैँडाकोट एग्रोमार्टमा विद्युतीय भुक्तानी सुरु
काठमाडौं ।
गैडाकोट नगरपालिका वडा नं. ४ मा अवस्थित गैँडाकोट एग्रोमार्ट प्रालिद्वारा सञ्चालित मिनि मार्केट तथा हाटबजारमा विद्युतीय भुक्तानी सेवा सुरु भएको छ । एनएमबी बैंक गैँडाकोट शाखाबाट शनिबार मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई विद्युतीय भुक्तानीको लागि क्यूआर कोड हस्तान्तरण गरिएको थियो ।
गैँडाकोट नगरपालिका ४ का वडाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी सेवाको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा एनएमबी बैंक गण्डकी प्रदेशका एरिया म्यानेजर अमृतराज बास्तोलाले क्युआर कोडबाट कारोबार गर्दा हुने फाइदा र यसको विकासका लागि नेपाल राष्ट्र बैंकले ल्याएको नीतिको बारेमा जानकारी गराउँदै देशको कुनाकाप्चामा पनि यसबाट कारोबार गर्नका लागि एनएमबी बैंकले पहल गरेको र यसबाट कारोबार गर्न आवश्यक पर्ने सहयोग गर्न बैंक सदैव तत्पर रहेको बताए ।
कार्यक्रममा गैँडाकोट एग्रोमार्ट प्रालिका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोबार गर्दा हुने जोखिम र विद्युतीय कारोबारले यसलाई कम गर्ने बताए । कार्यक्रममा गैँडाकोट एग्रोमार्टद्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा उपस्थित ३७ वटा पसलका व्यापारीहरुलाई क्युआर कोड वितरण गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया