एलजीको ‘नयाँ वर्ष विशेष सबैलाई’ अफर
काठमाडौं ।
एलजीले आफ्नो नयाँ अभियान ‘हार्दिक बधाई तपाईंलाई, यस नयाँ वर्ष विशेष सबैलाई’ सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै कम्पनीले उक्त योजना सार्वजानिक गरेको हो । यस योजनाअनुसार एलजीको नेपालका लागि अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानको खरिदमा विशेष नगद छुट तथा पक्का उपहार प्रदान गर्ने भएको छ ।
जसअनुसार नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लिनर तथा सिंगल डोर रेफ्रिरजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । अफरमा ग्राहकहरुले साइड–बाइ–साइड डोर रेफ्रिरिजेरेटर किन्दा १४ हजार चार सय ९० रुपैयाँका माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिरिजेरेटरकोे खरिदमा २४ सय ५० रुपैयाँको स्ट्यान्ड फ्यान सित्तैमा पाउनेछन् ।
त्यस्तै, माइक्रोवेभ ओभनको खरिदमा २८ सय रुपैयाँको खाना पकाउने किट, डिस वासर र वासिङ मेसिन, वासिङ मेसिन फ्रन्ट लोड (नौ केजीमाथि)को खरिदमा ५२ सय ३० रुपैयाँको भेजिटेबल प्युरिफायर, वासिङ मेसिन फ्रन्ट लोड (आठ केजीसम्म)को खरिदमा २६ सय ५० रुपैयाँको इलेक्ट्रीक केटल र वासिङ मेसिन टप लोडको खरिदमा एक हजार २० रुपैयाँको ड्राइ आइरन सित्तैमा पाइन्छ । साथै, एसी किन्दा ४ हजार रुपैयाँ बराबरको जडान सेवा निःशुल्क प्राप्त गर्न सकिन्छ । यो योजना बुधबारदेखि लागू गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया