जम्बो इको भेहिकलद्वारा नेपालमा ‘लिभनिङ’को उत्कृष्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक
काठमाडौं ।
युरोपियन बजारमा निकै उत्कृष्ट मानिएको लिभनिङ इलेक्ट्रिक स्कुटरलाई जम्बो इको भेहिकलले नेपालमा सार्वजनिक गरेको छ । पहिलोपटक इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको कम्पनीले लिभनिङ इलेक्ट्रिक स्कुटरहरुमध्येकै उत्कृष्ट भएको दाबी गरेको छ । आइतबार औपचारिक रुपमा स्कुटर सार्वजनिकको घोषणा गर्दै जम्बो इको भेहिकलका प्रोपाइटर नारायण गौतमले विश्वकै नविन र उच्च टेक्नोलोजीमा निर्मित अधिकतम १२ सय वाटको सामसुङ लिथिलियम ब्याट्रीको प्रयोग भएको बताए ।
उक्त ब्याट्रीले एक पटकको फुलचार्जमा अधिकतम ८० किलोमिटर स्कुटर गुडाउन सकिन्छ । एक पटकको फुल चार्ज हुन अधिकतम १.५ युनिट विद्युत् खपत हुने र विद्युत् खपतका हिसाबले करिब १५ रुपैयाँ मात्र खर्च हुने कम्पनीको भनाइ छ । अर्थात् १५ रुपैयाँमा अधिकतम ८० किलोमिटर स्कुटर गुड्नसक्छ । यसको अतिरिक्त स्कुटरमा मोबाइल चार्जिङ्ग, ब्ल्युटुथ कनेक्टिभिटी, अडियो सिस्टम र सेन्सरलगायतका आवश्यक फिचर्स समेत उपलब्ध गराइएको कम्पनीले बताएको छ ।
लिभनिङ ब्राण्डमा एक्स१ र एस५ र जम्बो ब्राण्डमा डी०६ र एम२० चारवटा मोडल कम्पनीले एकैपटक सार्वजनिक गरेको थियो । कम्पनीले एक्स१ मा दुई हजार २०, एस५ मा तीन हजार, डी०६ मा दुई हजार र एम२० मा एक हजार पाँच सय वाटको मोटर जडान गरिएको जनाएको छ । कम्पनीका अनुसार एक्स१ को बजार मूल्य दुई लाख ६० हजार, एस५ को दुई लाख ९९ हजार नौ सय ९९, डी०६ को दुई लाख ३५ हजार र एम२० को एक लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया