Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ ‘ग्यालेक्सी एम१२’ बजारमा

सामसङ ‘ग्यालेक्सी एम१२’ बजारमा


काठमाडौं ।
सामसङले ‘ग्यालेक्सी एम १२’ स्मार्ट फोन नेपालमा सार्वजनिक गरेको छ । एम सिरिजअन्तर्गतको एम १२ स्मार्ट फोनमा छ हजार एमएएच ब्याट्री र ४८ मेगापिक्सल क्यामेरालगायतका अत्याधुनिक विशेषताहरु रहेका छन् । एम १२ मा ९० हर्ज रिफ्रेस रेट, ८ एनएम एक्सेनस प्रोसेसर जस्ता विशेषताहरु पनिरहेको कम्पनीले जनाएको छ । यसमा १५ वाटको फास्ट चार्जिङ र ६.५ इन्चको डिस्प्ले सुविधा रहेको छ ।

कम्पनीका अनुसार फोनमा भएको चार क्यामराले उत्कृष्ट फोटो खिच्न सघाउनेछ, जसमा ४८ मेगापिक्सलको वाइड एंगल, पाँच मेगापिक्सलको क्लोज अप, दुई मेगापिक्सलको म्याक्रो, दुई मेगापिक्सलको डेप्थ क्यामरा र आठ मेगापिक्सलको सेल्फी क्यामरा जडान गरिएको छ ।

एम १२ मा सामसङका प्रिमियम सुविधाहरु सामसङ हेल्थ, सामसङ थिम, ग्यालेक्सी एप तथा मोन्स्टर रिलोडेडको लागि स्मार्ट स्विच जस्ता सुविधाहरु पनि रहेका छन् । कालो, नीलो र सेतो रङमा उपलब्ध यस फोनको चार जीबी -याम र ६४ जीबी रोमको १८ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, छ जीबी -याम र १२८ रोमको २२ हजार चार सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया