नेपालमा शाओमीको स्मार्ट टिभी र इको सिस्टम
काठमाडौं ।
शाओमीले नेपालमा आफ्नो उत्पादन श्रेणीमा अर्को थप उत्पादनको घोषणा गरेको छ । यससँगै ब्रान्डले सामान र इकोसिस्टममा अझ सामानहरु ल्याउने योजना बनाएको छ । कम्पनीले आफ्नो स्मार्ट टिभीहरुको पोर्टफोलियो विस्तार गर्दै नेपालमा नयाँ मी टिभी ४ एक्स ६५ इन्च मोडल भित्र्याएको छ । यस मोडलमा ६५ इन्च फोरके डिस्प्ले एचडीआर छ र यो टिभी इन–हाउस एन्ड्रोइड आधारित प्याचवाल यूआईको साथ उपलब्ध छ । शाओमी मी टिभी ४ एक्स ६५ इन्च क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेटद्वारा सञ्चालित छ । यसमा माली जीपीयू, २ जीबी -याम र १ जीबी इन्टरनल स्टोरेज रहेको कम्पनीले जनाएको छ । यसको मूल्य एक लाख १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
मी ४ ए ४३ इन्च होराइजन एडिसन : यस्तै कम्पनीले मी ४ ए ४३ इन्च होराइजन एडिसन मोडल पनि नेपालमा सार्वजनिक गरेको छ । शाओमी मी ४ ए ४३ इन्च होराइजन एडिसन मी टि.भी ४ ए को एक संस्करण हो, जसलाई शाओमीले ‘होराइजन डिस्प्ले’को अर्थ दिएको छ अर्थात् यसमा स्लिम बोर्डरहरु छन् । यसको स्क्रिनको शीर्ष, बायाँ र दायाँमा वास्तवमै धेरै पातलो प्लास्टिक बोर्डरहरु छन् । डिजाइनको ठूलो फाइदा भनेको ठाउँ प्रतिबन्धको साथ खरिददारहरुले आफूले सम्भवतः सोचेभन्दा ठूलो स्क्रिन पाउन सक्छन् । तलको मध्यम भागतिर मीको एउटा सानो लोगो छ । स्टयन्डबाइ लाइटको लागि सानो मोड्युलको साथ, आईआर रिसिभर र यसको ठीक तल पावर बटन राखिएको छ । टिभी ज्यादै मोटो छैन र बेस स्ट्यान्डविना मात्र ६.६ किलो तौलको छ । यसको मूल्य ४६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
मी टिभी ४ ए ४० : यस्तै कम्पनीको मी टिभी ४ ए ४० ले प्रयोगकर्ताको बैठक कोठालाई मनोरञ्जनको लागि सदुपयोग गराउँछ । यसको पूर्ण एचडी डिस्प्लेले चमकदार रंगको गुणस्तर र क्रिस्प डिटेल प्रदान गर्दछ, जसले प्रत्येक दृश्यलाई ठूलो बनाउँछ । २० वाट स्पिकरहरु डीटीएस–एचडी टेक्नोलोजीसँग यो सुसज्जित छ, यसले स्पष्ट ध्वनि प्रदान गर्दछ । मी टिभी ४ ए ४० टिभीलाई वास्तवमै स्मार्ट बनाउने भनेको यसमा थप गरिएको एन्ड्रोइड टिभी र गुगल एसिस्ट्यान्ट हो, जसले कन्टेन्ट प्ले गर्न अनुमति दिन्छ, उत्तरहरु फेला पार्न मद्दत गर्छ र अन्य विभिन्न कार्यमा पनि यसको उपयोग गर्न सकिन्छ । साथै डेटा सेभर मोडल तीन गुणा बढी भिडियो कन्टेन्टहरु स्ट्रिम गर्न अनुमति दिन्छ, फोनबाट टिभीमा मिडिया हेर्न पनि यसले सहयोग पु-याउँछ । यसको मूल्य ३७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
मी एलईडी टिभी ४ ए ३२ : मी एलईडी टिभी ४ ए ३२ले प्रयोगकर्ताको घरमा पूर्ण सिनेम्यटिक अनुभव प्रदान गर्दछ । यसमा फिचर्ड पूर्ण एचडी एलइडी डिस्प्लेले स्पष्टता र रंग प्रदान गर्दछ, चमक बढाउँछ र रंगहरुको समृद्धि श्रेणी प्रदान गर्दछ । एन्ड्रोइड टिभी प्याच वाल एकीकृत भएको हुँदा बिंगी वाचर्सले मनोरञ्जन लिन पाउँछन् । यसमा डुअल १० वाट स्टिरियो स्पिकर र शक्तिशाली ६४ बिट क्वाड कोर प्रोसेसर पनि रहेको छ । यसबाट स्मार्टफोन वा ल्यापटपलाई सजिलै ब्लुटुथ ४.२ एलईकामार्फत जडान गर्न सकिन्छ । यस टिभीमा एक जीबी ¥याम र आठ जीबी इन्टरनल स्टोरेज उपलब्ध रहेको छ । यसको मूल्य भने ३४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
नेपालमा मी इको सिस्टम : शाओमीले नेपालमा आफ्नो इको सिस्टममा थप दुई उत्पादनहरु थपेको छ । कम्पनीले मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) र बियर्ड ट्रिमर स्वदेशमा ल्याएको छ ।
मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) मी पोर्टेबल ब्लुटुथ स्पिकर एक १६ वाट स्पिकर हो, जुन दुईवटा आठ वाट पूर्ण रेन्ज ड्राइभरमा विभाजित छ । स्पिकरमा एन्टी–स्लिप प्याडिंगका साथ मेश–लाइकजस्तो डिजाइन छ जुन सतहमा राख्दा दुर्घटनाग्रस्तबाट बच्नको लागि बनाइएको हो । यसमा २६ सय एमएएचको ब्याट्री छ जसमा १३ घण्टाको ब्याट्री लाइफको दाबी गरिएको छ । यसको आईपीएक्स७ रेटिङ्ग छ, जसको मतलब यसलाई एक लिटर पानीमा ३० मिनेटसम्म डुबाउन सकिन्छ । यो भ्वाइस एसिस्ट्यान्ट्सहरुसँग पनि काम गर्छ र कल गर्नका लागि यसमा इन बिल्ट माइक्रोफोन पनि रहेको छ । यसको मूल्य दुई हजार तीन सय ९९ रुपैयाँ तोकिएको छ ।
मी बियर्ड ट्रिमर १ सि : मी बियर्ड ट्रिमर १सि पहिले लन्च गरिएको मोडेलभन्दा हल्का र पातलो छ । यस उपकरणमा सुधार गरिएको डिजाइनले दाह्रीको आकार दिँदा उत्तम ग्रिप र नियन्त्रण प्रदान गर्दछ । पहिला प्रयोग हुने मी बियर्ड ट्रिमरमा रहेको ४० लेन्थ सेटिङको डायलको सट्टा विभिन्न प्रकारका स्टाइलिङहरुको लागि २० लेन्थ सेटिन्ग्स प्रदान गरिएको छ । यो दुई घण्टामा पूर्ण चार्ज हुन्छ र ६० मिनेट रन टाइमसम्म चल्छ ।
यसबाहेक मी. बियर्ड ट्रिमर १ सि चार्जको लागि माइक्रो–यूएसबी पोर्टको साथ आउँछ । यस उपकरणमा एलईडी इन्डिकेटर छ, जसले हरेक पटक यसको स्विच अन गर्दा यसको ब्याट्री स्टेटसबारे सचेत गराउँछ । यसको ब्लेड हेड निकाल्न सकिन्छ र ब्रशको माध्यमले सजिलै यसलाई सफा गर्न सकिन्छ । यहाँ ट्रिमरभित्र छ सय एमएएचको ब्याट्री छ । यसको मूल्य एक हजार सात सय ९९ रुपैयाँ रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया