Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला सुरु

नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला सुरु


काठमाडौं, पुस २७
नेपाल रत्न तथा आभूषण संघको अयोजनामा तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला २०२० सुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा सुरु भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शनिबार उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री भट्टले नेपाली मौलिक गरगहनालाई अन्तर्राष्ट्रियजगत्मा आकर्षणका रूपमै लिने गरिएकाले यसको प्रवर्द्धन र विस्तारलाई सरकारले सहयोग पु-याउने बताए । ‘मुलुकमा श्रमका लागि आवश्यक पर्ने बलिया पाखुरा विदेश पलायन भएकाले विगतमा हामीले निर्यात गर्दै आएका कृषिजन्य वस्तुसमेत आयात गर्नुपरेको अवस्था छ, यसका लागि हामीले कृषिप्रतिको सोचाइको मानसिकता बदल्नुपर्छ, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न मन्त्रालयले कुनै पनि फाइल एक साताभित्र टुंग्याइसक्ने नीति कडाइका साथ लागू गरिएको छ’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले रत्न तथा गरगहना निकासीजन्य वस्तुका रूपमा रहे पनि यसको कच्चा पदार्थ आयातमा सहुलियत र छुटको व्यवस्था नभएकाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती भइरहेको बताए । नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले रत्न तथा आभूषणलाई प्रोत्साहन गर्न सरकारले दिनुपर्ने सहयोग र सहुलियत यथाशीघ्र कार्यान्वयन गर्न माग गरे । आयोजक संस्था नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालका मौलिक र अत्याधुनिक गरगहनाबारे विस्तृत जानकारी गराई आन्तरिक तथा बाह्य बजार प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने प्रदर्शनीको उद्देश्य रहेको जानकारी दिइन् ।

सुनचाँदी, हीरा जवाहरात आदि बहुमूल्य धातु तथा रत्न पत्थर आदिका गहनाको कारोबारलाई व्यवस्थित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच बढाई निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, राजस्व आदिको माध्यमबाट अर्थतन्त्रमा सकारात्मक योगदान पु-याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले बताएको छ । प्रदर्शनीमा २६ ज्वेलर्स कम्पनीका उत्पादन समावेश गरिएको छ । व्यावसायिक हकहितको संरक्षण गर्ने, स्वदेशी रत्न पत्थर एवं खनिज पदार्थको उत्खनन, प्रशोधन गर्न पनि योगदान पुग्ने विश्वास गरिएको छ । बृहत् र आधुनिक उद्यम, व्यवसायको आकार लिइसकेको ज्वेलरी क्षेत्रले मुलुकमा ठूलो रोजगारी सिर्जना गर्नुका साथै राजस्वमा वार्षिक करिब आठ अर्बको योगदान पु-याउँदै आएको छ ।

संघले आभूषणको कच्चा पदार्थको सहज आपूर्ति एवं वितरणमा सरकार, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक एवं आभूषण क्षेत्रका संघ र व्यवसायीसँग सहकार्य गर्दै आएको छ । कारोबार सञ्चालन नियम, मापदण्ड एवं व्यावसायिक सुरक्षाको अभावले यो क्षेत्र जोखिममा पर्दै आएको र भविष्य अन्योलमा पर्न गएको व्यवसायीहरुले बताएका छन् । नेपाली उत्पादन बहुमूल्य गरगहनाको निर्यात बढाउन सके मुलुकको ठूलो व्यापारघाटालाई कम गर्न योगदान पुग्नका साथै अन्तर्राष्ट्रिय बजारमा ज्वेलरीको हिस्सा तीव्र गतिमा बढिरहेको परिप्रेक्ष्यमा नेपालले लाभ लिन सक्ने प्रशस्तै सम्भावना रहेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक गहनाप्रति ठूलो आकर्षण रहेको हुँदा न्यूनतम सुविधा र प्रोत्साहनले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रूपमा रहेको रत्न तथा आभूषणबाट १५ प्रतिशतसम्म योगदान पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x