Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपञ्चकन्याको सीपीभीसीको नयाँ ग्रेडको फ्लेम प्रो पाइप बजारमा

पञ्चकन्याको सीपीभीसीको नयाँ ग्रेडको फ्लेम प्रो पाइप बजारमा


बीरगञ्ज, पुस २७
पञ्चकन्या गु्रपले सीपीभीसीको नयाँ दुई ग्रेडको फ्लेम प्रो पाइप तथा फिटिङ र ट्रान्सपरेन्ट फिटिङ्ग भित्र्याउन सफल भएको छ । उक्त ग्रेडका पाइपहरुको आधिकारिक अनावरण एक कार्यक्रमका बीच शुक्रबार होटल -याडिसनमा गरिएको थियो । कम्पनीका अनुसार फ्लेम प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यूभी रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसाबले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन् । यो उत्पादनलाई फायर स्प्रिंकलरको लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी ट्रान्सपरेन्ट फिटिङ्ग तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महंगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाइपभन्दा बलियो र बढी चाप वहन गर्नसक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नयाँ विकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ । दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सेक्युसी कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आईएसओ ९००१ः२००१५ स्ट्याण्डर्डबाट बनाइने हुँदा कम्तीमा ५० वर्षसम्म टिकाउ हुन्छ । पछिल्लो समय सीपीभीसी पाइप तथा फिटिङ्गमा नेपाल गुणस्तर चिह्न र भारतीय मानक ब्यूरो आईएसआई चिह्न प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ । पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिबद्धता तथा सदैव विश्वासिलो र सधैँ एक कदम अगाडि भन्ने आफ्नो मूलमन्त्रलाई व्यवहारमा उतार्ने प्रण कम्पनीले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x