नेपालमा रेडमी नोट १० स्मार्टफोन सार्वजनिक
काठमाडौं ।
शाओमीले रेडमी नोट शृंखलाको दशौँ पुस्ता स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरुसहित कम्पनीले रेडमी नोट १० नेपालमा ल्याएको हो । रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरु जस्तै ४८ एमपी क्यामेरा, ६० हर्टज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ६७८ प्रोसेसरका साथ उपलब्ध छ । यसले यसलाई १०/१० अङ्कको स्मार्टफोन बनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले देशमा पहिलो रेडमी नोटको सुरु भएदेखि नै नोट शृंखलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बताए ।
कम्पनीका अनुसार रेडमी नोट १० यस शृंखलाको अलराउन्ड च्याम्पियन एक स्मार्टफोन होे । यो स्मार्टफोन डिस्प्ले १८० हर्टज टच स्याम्पलिङ रेटको साथ आउँछ । रेडमी नोट १० सबै इभोल डिजाइनको साथ उपलब्ध छ । यसमा इमर्सिभ ध्वनि अनुभवका लागि हाई–रेस प्रमाणित स्टेरियो स्पिकरहरु र राम्रो अनि स्मुथ हेप्टिक्सको लागि जेड्–एक्सिस भाइब्रेसन मोटर पनि रहेको कम्पनीले जनाएको छ । यसलाई आकस्मिक झर्नबाट जोगाउन कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको छ ।
सुरक्षित अनलकको लागि यसमा साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा पनि रहेको छ । जुन डबल–ट्याप जेश्चरहरु र एआई फेस अनलकका साथ सञ्चालित हुन्छ । यसमा आईआर ब्लास्टर र ३.५ एमएम ज्याक पनि उपलब्ध छ । कम्पनीका अनुसार यसमा क्वालकम स्न्यापड्रागन टिएम ६७८ युएफएस २.२ स्टोरेज रहेको छ । यसमा स्न्यापड्रागन एड्रेनो ६१२ ग्राफिक्स चिपसेट र १२८ जीबी युएफएस २.२ स्टोरेजसम्मको ६ जीबी एलपीडीडीआरफोरएक्स ¥याम पनि रहेको छ ।
कम्पनीका अनुसार यो फोन ४८ एमपीको सोनी आईएमएक्स ५८२ सेन्सरको साथ आउँछ, जसलाई क्वाड क्यामेरा सेटअपका साथ मिलाइन्छ । यसमा ४८ एमपी सेन्सर भएको आठ एमपी अल्ट्रा–वाइड एन्गल लेन्स, टु एमपी गहिराइ भएको सेन्सर र टु एमपी म्याक्रो सेन्सरका साथ जोडिएको छ । साथै अगाडि एक १३ एमपी क्यामेरा पनि छ । यसमा ठूलो पाँच हजार एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्स रहेको छ ।
रेडमी नोट १० शून्य देखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुन्छ । थप रुपमा यो ०.६६ मिलिमिटर पातलो र रेडमी नोट ९ भन्दा २०.२ ग्राम हलुका छ । धुलो र पानी पस्नबाट बचाउन रेडमी नोट १० आईपी ५२ रेटिङका साथ उपलब्ध रहेको कम्पनीको भनाइ छ । यसमा सर्ज प्रोटेक्सन, स्मार्टफोनको दीर्घायु सुनिश्चित गर्न कोर्रोसन प्रतिरोधी पोर्ट र रबरयुक्त पोर्ट पनि प्रदान गरिएको छ ।
रेडमी नोट १० फ्रस्ट ह्वाइट, एक्वा ग्रिन र स्याडो ब्ल्याक कलर भेरियन्टमा उपलब्ध रहेको छ । हाल रेडमी नोट १० नेपालमा अनलाइन र अफलाइन स्टोरहरुमा उपलब्ध छ । यसको मूल्य भने ४/६४ जीबीको २१ हजार नौ सय ९९ रुपैयाँ, ४/१२८ जीबीको २२ हजार नौ सय ९९ रुपैयाँ र ६/१२८ जीबीको मूल्य २४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया