कृषिजन्य उत्पादनको प्रचारप्रसार तथा बिक्रीको लागि ‘हाटबजार एप’
काठमाडौं ।
कृषिजन्य उत्पादनको प्रसारप्रसार तथा बिक्रीको लागि ‘हाटबजार एप’ ल्याइएको छ । गाउँमा कृषकको उत्पादनले बजार नपाएको र सहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाउँदा कृषिजन्य सामानहरू महँगो परेको गुनासो आएपछि ट्राभहिल डट कम प्रालिले उक्त एप सार्वजनिक गरेको हो ।
कम्पनीले मोबाइलबाट निःशुल्क रुपमा क्रेता र बिक्रेतालाई जोड्न मोबाइल एप हाट बजार विकास गरेको जनाएको छ । यस हाट बजार एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफैँ तोकी त्यसको विवरणहरू फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभेरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्छन् । यसरी किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरिद गर्न सकिन्छ ।
किसानहरूले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशु पन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामग्री र खेतीको लागी जग्गा भाडामा लिन दिन परेमा निःशुल्क यो एपमा बेच्न राख्न सकिन्छ, कृषकले बेच्न राखेका सामानहरू तुरुन्त सबै हाट बजार एप प्रयोगकर्ताहरूलाई ‘कसले के बेच्न राख्यो’ भनेर नोटिफिकेसन जान्छ र यसले कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने विश्वास लिइएको छ । जस्तै जुम्लामा भएको स्याउ कसैले यस एपमा बेच्न राखेमा उक्त सूचना देशभर रहेका हाट बजार एप प्रयोगकर्तामा पुग्ने भएकोले स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ ।
हाटबजार एपको प्रयोगकर्ताहरुले आफूलाई चाहिएको सामानहरू आह्वान गर्न सक्छन् । जस्तै, भैँसी किन्न चाहियो, २० किलो टिमुर चाहियो, तरकारी बालीको लागि खेत भाडामा चाहियो, ट्र्याक्टर भाडामा लिन–दिन आदि । जसले गर्दा समय, यातायातको खर्चमा बचत भई व्यापार बढाउन सकिन्छ ।
यो एपमार्फत किन्ने र बेच्नेहरु नै एक आपसमा सिधै सम्पर्क गरेर कारोबार गर्ने भएकोले, गुणस्तर र मूल्य आफैँले तय गरेर पूर्ण भरोसाका साथ लेनदेन गर्न सकिने कम्पनीको भनाई छ । अरु कसैलाई बीचमा कमिसन पनि दिन नपर्ने भएकोले यो एपको भरपूर प्रयोग गरेर फाइदा लिन सकिने वातावरण बनेको छ । यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, बिक्रेताको प्रोफायल बनाउन मिल्ने, कृषिसम्बन्धी समाचार पढ्न, भिडिओहरु हेर्न, एफएमहरु सुन्न र सोसियल मिडीयामा पनि सेयर गर्न सकिनेजस्ता फिचरहरु राखिएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया