वेलकम एड्भरटाईजिङको ३०औं वार्षिकोत्सव भव्य रुपमा मनाइयो
काठमाडौं ।
वेलकम एड्भरटाइजिङ ग्रुपले सोमबार आफनो ३०औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । स्थापनाकालको २९औँ वर्षको अनवरत यात्रा पार गर्दै ३०औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ग्रुपले काठमाडौंस्थित आफ्नै प्रांगणमा विशेष कार्यक्रम आयोजना गरी भव्य रुपमा वार्षिकोत्सव मनाएको हो ।
उक्त अवसरमा संस्थाका सञ्चालक निर्मलराज पौडेलले विज्ञापनदाताको चाहनाअनुरुप विज्ञापन उपलब्ध गराउन पाउँदा विज्ञापनदाता, शुभेच्छुकप्रति गौरवान्वित महसुस गर्नुका साथै संस्था तथा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी आउदा दिनमा समयानुकूल आफूलाई परिवर्तन गर्दै अझै प्रभावकारी ढंगले आफ्नो सेवा प्रवाह गर्दै लैजाने विश्वास व्यक्त गरे ।
ग्रुपले आफनो आर्थिक दायित्व पूरा गर्दै समाजलाई विज्ञापनमार्फत सन्देश प्रवाह गर्न सफल भएको बताएको छ । हाल आफ्नो कार्य दायरा बढाउँदै ग्रुपले वेलकम इभेन्टम्यानेजमेन्ट, अंग्रेजी अनलाइन पत्रिका सीईओ, वेलकम एड्भरटाइजिङ्ग प्रोडक्सन तथा वलेकम डेभलपर्स पनि सञ्चालन गर्दै आएको छ । २०४८ चैत २३ मा स्थापित सो संस्थाले विज्ञापनजगत्मा एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया