महासंघको २२औं साधारणसभा
काठमाडौँ ।
नेपाल निर्माण व्यवसायी महासंघको २२औँ साधारणसभा काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबारबाट सुरु हुने भएको छ । देशभरका एक हजारभन्दा बढी व्यवसायीहरूको सहभागिता रहने साधारणसभाको बन्दसत्र भने सोमबार सोही स्थानमा हुने भएको छ ।
महासंघका अनुसार साधारणसभाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङबाट हुनेछ । कोभिड–१९ को सङ्क्रमणका बीच निर्माण उद्योग थप समस्याग्रस्त भएकाले योसहित अन्य समसामयिक विषयमा छलफल भई साधारणसभाको अन्त्यमा महासंघको काठमाडौं घोषणापत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले बताए । दाहालका अनुसार साधारणसभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
साधारणसभाको उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङबाट निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरुको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन गरिनेछ । सोही अवसरमा निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेहरूलाई सम्मान समेत गरिनेछ । कार्यक्रमस्थलमा निर्माण उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित ३० वटा प्रदर्शनी कक्षहरु पनि राखिने महासचिव दाहालले जानकारी गराए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया