इ–लर्निङ प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ वैशाख १ गतेदेखि
काठमाडौँ ।
नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यसहित इ–लर्निङ प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ आउने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्नोभेट टेकले उक्त प्रडक्ट ल्याउनलागेको जानकारी दिएको हो । सो प्रडक्ट आगामी वैशाख १ गतेदेखि देशभर नै उपलब्ध हुनेछ ।
इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले माइ सेकेण्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधारमा कोशेढुंगा साबित हुने बताए । नेपालजस्तो विकासोन्मुख राष्ट्रहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि शिक्षामा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको औँल्याउँदै अध्यक्ष बुढाथोकीले यस प्ल्याटफर्म विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय सञ्चालक सबैलाई उपयोगी हुने दाबी गरे ।
माइ सेकेण्ड टिचरमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्धतिसँग जोड्ने शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तक्रियात्मक भिडियो सामग्रीहरू, नबुझेका कुरा शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने सजिलै उपलब्ध अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मू्ल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर लगायतका थुप्रै विशेषताहरू रहेका छन् ।
हाल एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक विद्यार्थीको कुराकानीमा आधारित अन्तर्क्रियात्मक भिडियो सामग्रीहरू देशभर उपलब्ध हुनेछन् । नेपालमै नेपालीले बनाएको यो प्ल्याटफर्म विश्वका १८ वटा विकसित देशका सयौँ क्याम्ब्रिज स्कुलहरूका हजारौँ विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले प्रयोग गर्दै आएका छन् । सन् २०२० मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० इ–लर्निङ प्ल्याटफर्ममा पर्न सफल माइ सेकेण्ड टिचर अमेजन वेब सर्भिसेसको इड–स्टार्ट अवार्डबाट समेत सम्मानित छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया