Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर बुटवलमा

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर बुटवलमा


काठमाडौँ ।
शाओमीले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर बुटवलको राममन्दिर लाइन, सिंह कम्प्लेक्समा सञ्चालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगञ्ज, इटहरी, धनगढी र काठमाडौंमा अवस्थित छन् ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स सर्भिस नेटवर्क विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । यी सर्भिस सेन्टरहरु सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ ।

सेवाको टर्नअराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनीय गिरावटले नेपालमा मी प्mयानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको कम्पनीको भनाइ छ । यो सर्भिस सेन्टर उद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादनहरूमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निःशुल्क सर्भिसिङ समेत प्रदान गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया