क्रिएसन र कोका–कोलाद्वारा स्वास्थ्यशिविर आयोजना
काठमाडौं ।
क्रिएसन, कोका–कोला फाउन्डेसन र बोटलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा सफाइकर्मीको लागि व्यावसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्यशिविरको आयोजना गरिएको छ ।
कायक्रममा कामको बखत र काम सकिएपछाडि सुरक्षा उपायहरु, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यावसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाको लागि आगो निभाउने उपकरण र अन्य सुरक्षा उपकरणहरुको प्रयोगसम्बन्धी एक सत्र समावेश थियो । साथै सुरक्षा गियरसहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्सहरु पनि सफाइकर्मीलाई हस्तान्तरण गरिएको थियो ।
डा. अनुजराज कँडेलको नेतृत्वमा रहेको स्वास्थ्यशिविरमा सफाइकर्मीको स्वास्थ्य समस्या र मुद्दाहरुबारे मेडिकल चेकअप र परामर्श सामेल थियो । कार्यव्रmमको अन्य प्रमुख आकर्षणहरुमध्ये एक बेलिङ्ग साइटहरुका कर्मचारीका लागि श्रम सम्झौताको हस्तान्तरण गरिएको थियो । यो सम्झौता बेलरहरुलाई काम गर्नेबेला अवस्थामा औपचारिक रुपमा उनीहरुलाई मद्दत गर्न र कामदारहरुको फाइदाको लागि सहयोग पु-याउन ल्याइएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया