रियलमीद्वारा स्मार्टफोन टीयूभी रियनल्याण्ड गुणस्तर स्ट्यान्डर्ड निर्धारण
काठमाडौं ।
रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्ट्यान्डर्ड अनावरण गरेको छ । रियलमीले टीयूभी रियन ल्याण्डसँग सहकार्य गरेर तीन वर्षको चक्रीय अनुभवमा आधारित रही संयुक्त रुपमा टीयूभी रियन ल्याण्ड उच्च विश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो ।
उक्त प्रमाणपत्र पाउने पहिलो मोबाइल फोन रियलमी सी २१/२५ बनेको छ । रियलमीले टीयूभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पु-याउने उद्देश्यका साथ उच्च विश्वसनीय प्रमाणपत्रका लागि काम गरिरहेको छ । यसले गुणस्तर स्ट्यान्डर्ड मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनको पूर्ण परीक्षण गर्दछ ।
रियलमी र टीयूभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा आठ महिनासम्म विस्तृत अध्ययन गरेपश्चात् टीयूभी रियनल्याण्ड उच्च विश्वसनीय स्मार्टफोन प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तर मानकको रुपमा काम गर्ने प्रक्षेपण गरिएको छ । टीयूभी रियनल्याण्ड उच्च गुणस्तरीय स्मार्टफोन प्रमाणपत्रले स्मार्टफोनका मुख्य २३ वटा जाँचको प्रक्रिया समेत्दछ, जसअन्तर्गत १० परीक्षण दैनिक प्रयोग परिस्थितिहरु जस्तै खस्ने, टिकाउपन र टुटफुटसहित तापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी सात चरम वातावरणीय परिदृश्यहरुमा आधारित परीक्षण र छवटा पुर्जाको विश्वसनीयतामा आधारित परीक्षण हुन्छन् ।
रियलमीले निकट भविष्यमै पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य राखी सोहीअनुसार लगानी गरिरहेको छ । यसबाट स्मार्टफोनको जटिल उत्पादन प्रक्रियाको दक्षता र शुद्धतामा सुधार गर्न सकिने विश्वास कम्पनीको छ । एउटा उदाहरणस्वरुप एसएमटी उत्पादनलाइनमा स्वचातिल उत्पादन हुने गर्छ, जहाँ उक्त यन्त्रबाट पीसीबी मदरबोर्डमा पुर्जाहरु आफैँ जिम्मेवारीपूर्वक जडान गरिन्छ । तत्काल सञ्चालनमा आइरहेको उक्त उद्योगको स्वचालन दर ८७.५ प्र्रतिशतसम्म छ, जुन कम्पनीको उद्योग स्ट्यान्डर्डभन्दा उच्च हो । वर्तमानमा रियलमीको उक्त स्वचालित स्मार्ट कारखानाले प्रतिवर्ष छ करोड उपकरणहरुको उत्पादन गर्दै आएको छ ।
सुरुवाती दिनदेखि हालसम्म कम्पनीले डिजाइनलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेको छैन । रियलमी नै ट्रेन्डसेटिङ डिजाइन निर्माता कम्पनीका रुपमा स्थापित भइसकेको छ, रियलमीले यसका लागि उत्कृष्ट र नयाँ प्रविधिको प्रयोग गर्दै आएको छ । रियलमीले एकैसाथ गुणस्तर प्राथमिकताका साथ ट्रेन्डसेटिङ डिजाइन निर्माणलाई जोड दिने गरेको छ । कारखानामा स्मार्टफोन डिजाइन गर्ने प्रक्रियाका क्रममा डिजाइन, विकास र परीक्षणसहितका विभिन्न छवटा चरण हुन्छन् ।
उक्त हरेक चरणमा उत्पादनकोे गुणस्तरीयता जाँचका लागि गुणस्तर नियन्त्रक टोलीको उपस्थिति रहने गरेको छ । कुनै पनि समयमा यदि गुणस्तर मापदण्डसँग नमिलेमा उक्त टोलीसँग सिधै उत्पादन अस्वीकार गर्ने विशेष अधिकार हुन्छ । उक्त समूहले अस्वीकार गरेपछि उत्पादन पुनः नयाँ डिजाइनअनुरुप गर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार युवापिँढीको प्रयोग विधि जस्तै यात्रा र कठोर बाह्य खेलकुदलगायतका परिदृश्यलाई प्राथमिकताका साथ मध्यनजर गर्दै रियलमीले वातावरणीय अवस्थाअन्तर्गत थुप्रै कडा परीक्षणहरु गर्ने गरेको छ ।
स्केटबोडिङ र पार्कआवर जस्ता लोकप्रिय बाह्य खेलमा फोन खस्ने दुर्घटनाक्रम प्रतिरोध गर्न मोबाइल फोन १.८ मिटरसम्मको उचाइबाट खस्दा विभिन्न साइडबाट सुरक्षाका लागि विशेष आक्रामक जाँचहरु गरिएको छ । यात्राअन्तर्गत बाह्य वातावरणीय तापक्रम माइनस ४० डिग्री सेल्सियसदेखि ७५ डिग्री सेल्सियससम्म पनि रियलमीको उत्पादनको क्षमतामा कुनै ह्रास नआई चलिरहन्छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया