Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवा र औषधि व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी सम्झौता

इ–सेवा र औषधि व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी सम्झौता


काठमाडौं ।
इ–सेवा र नेपाल औषधि व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल औषधि व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष विक्रम पन्त र इ–सेवाका तर्फबाट बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरे ।

सम्झौताअनुसार कास्कीभित्र रहेका संघअन्तर्गतका सदस्य औषधि व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन् । फोनपेले इ–सेवालगायत आफ्ना अन्य सदस्यमार्फत डिजिटल कारोबार प्रवद्र्धनमा सघाउनेछ । यस्तै कास्कीका औषधि व्यवसायी आबद्ध अस्पतालहरुमा इ–सेवामार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था समेत मिलाइनेछ ।

पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई पनि आक्रामक ढंगबाट अगाडि बढाइरहेको इ–सेवाले यसअघि पनि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघसँग क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता गरिसकेको छ । डिजिटल पोखराको अभियानमा इ–सेवाले तीव्रगतिमा काम गरिरहेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इ–सेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा व्यहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया