Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरनर मोटरसाइकलमा २१ हजार नगद छुट

रनर मोटरसाइकलमा २१ हजार नगद छुट


काठमाडौं ।
बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ’नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ । कोरोनाको लामो कहरपछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई थप ऊर्जा प्रदान गर्न रमण मोटर्सले प्रत्येक रनर मोटरसाइकल खरिदमा सिधै नगद २१ हजार रुपैयाँ छुट दिने भएको हो । साथै कम्पनीले प्रत्येक मोटरसाइकलको खरिदमा २० फ्रि सर्भिसिङका साथै सर्वाधिक छ वर्षसम्मको वारेन्टी दिने भएको छ । साथै कुनै पनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा ३० हजार रुपैयाँ न्यूनतम मूल्यांकन गरिने जनाएको छ ।

हाल रमन मोटर्सले जम्मा एक लाख १० हजार रुपैयाँ पर्ने कम मूल्यका ८० सीसीदेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ । उक्त कम्पनीका बिजनेस डेभलेपमेन्ट हेड सन्तोष न्यौपानेका अनुसार पछिल्लो समय ग्राहकले रनरका सबैजसो मोडलमा रुचि राखेका छन् भने रनर हक २०० सीसीको अफ रोड मोटरसाइकललाई अत्यधिक मन पराइरहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया