नयाँ इ–कमर्स कम्पनी शृंगार डटकम सञ्चालनमा
काठमाडौं ।
नेपाली बजारमा ब्राण्डेड तथा ओरिजिनल सामानहरु मात्र बिक्री गर्ने गरी शृंगार डटकम नामक इ–कमर्स कम्पनी हालै मात्र नेपालमा सुरु भएको छ । शृंगार डटकमका व्यवस्थापक रवी दुवालका अनुसार, शृंगार डटकममा केवल ब्राण्डेड कस्मेटिक्स, स्किनकेयर, तथा कपडाहरु खरिद गर्न सकिनेछ । यस कम्पनीमार्फत केवल ब्राण्डेड सामानहरुको बिक्री गर्ने बिक्रेताहरुले आफ्ना सामानहरु बिक्री गर्न सक्नेछन् । नेपाली युवा उद्यमीहरुले सञ्चालन गरेको यो इ–कमर्स कम्पनी गत वर्षको वैशाखदेखि परीक्षण सञ्चालन गरिरहेको छ । यो वैशाखदेखि पूर्ण रुपमा सञ्चालनमा आउने बताइएको छ ।
नेपालमा अहिले विस्तारै धेरै इ–कमर्स कम्पनीहरु सञ्चालनमा आउँदै छन् तथा केही आउने क्रममा छन् । यसले नेपालमा इ–कमर्सको व्यापार बढ्दो छ भन्ने बुझिन्छ । तर धेरैजसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया मिश्रित आउने गरेका छन् । अनलाइनबाट किन्दा सामान राम्रो नभएको, डुप्लिकेट सामानहरु पाइएको तथा सामान समयमा डेलिभरी नभएको जनगुनासो पनि ग्राहकहरुले गर्दै आएका छन् । यो समस्यालाई शृंगार डटकम चिर्दै लैजानै व्यवस्थापक रवि दुवालले बताए । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया