नेचर सुपर मार्केटको ‘न्यु इयर बिगेस्ट सेभिङ अफर’, चामल र तेलमा विशेष छुट
काठमाडौं ।
नेचर सुपर मार्केट प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ‘बिगेस्ट सेभिङ अफर’ ल्याएको छ । अफअन्तर्गत निलकमल ब्राण्डको सोयाबिन तेल र सनफ्लावर तेल तथा ग्यालेक्सी ११२१ जम्बो बासमती र ग्यालेक्सी प्रिमियम बासमती चामलमा विशेष छुट प्रदान हुनेछ ।
निलकमल सोयाबिनमा प्रतिएक लिटर ३३ रूपैयाँ र निलकमल सनफ्लावर तेल खरिदमा प्रतिलिटर २३ रूपैयाँ ग्राहकले बचत गर्न सक्नेछन् । दुई सय ३८ रूपैयाँ मूल्य पर्ने निलकमल सोयाबिनलाई दुई सय पाँच रूपैयाँमा र दुई सय ४८ रूपैयाँ मूल्य पर्ने निलकमल सनफ्लावर तेललाई दुई सय २५ रूपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् ।
त्यसैगरी ग्यालेक्सी ११२१ जम्बो बासमती चामलको मूल्य एक किलोको दुई सय ५६ रूपैयाँ पर्नेमा अफर मूल्य एक सय ७५ मात्रै कायम गरिएको छ । एक किलोमा ग्राहकले ८१ रूपैयाँ बचत गर्ने सक्नेछन् । पाँच किलोको मूल्य एक हजार दुई सय रूपैयाँ पर्नेमा अफर मूल्य आठ सय ७५ रूपैयाँ कायम गरिएको छ । पाँच किलो चामल खरिद गर्दा ग्राहकले तीन सय २५ रूपैयाँ बचत गर्न सक्नेछन् । २० किलोको मूल्य चार हजार आठ सय रूपैयाँ रहेकोमा अफर मूल्य तीन हजार दुई सय रूपैयाँ कायम गरिएको छ । २० किलो चामल खरिद गर्दा ग्राहकले एक हजार छ सय रूपैयाँ बचत गर्न सक्छन् ।
ग्यालेक्सी प्रिमियम बासमती २० किलोको मूल्य तीन हजार तीन सय ६० रूपैयाँ रहेकोमा अफर मूल्य दुई हजार छ सय ५० कायम गरिएको छ । यो चामलमा ग्राहकले सात सय १० रूपैयाँ बचत गर्न सक्नेछन् । वैशाख १ गतेबाट लागू हुने यो अफर जेठ १ गतेसम्म जारी रहने अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए ।
नेचर सुपर मार्केटसँग जोडिएका उपभोक्ताको चुलोलाई सस्तो बनाउने उद्देश्यले विशेष छुटसहितको अफर ल्याइएको धामीले बताए । ‘बजारमा महँगी बढिरहेको छ’, धामीले भने, ‘महँगीलाई कम गर्दै ग्राहक र नेचर सुपर मार्केटबीचको पारिवारिक सम्बन्ध अझ प्रगाढ बढाउन यो अफर फलदायी हुनेमा हामी विश्वस्त छौँ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया