सामसङको एनसेलसँगको सहकार्यमा नयाँ एक्सचेन्ज योजना
काठमाडौं ।
सामसङले आफ्नो नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात् फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्नसक्ने योजना ल्याएको छ । डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियानअन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म एक जीबीका दरले एनसेल डेटा पाउँछन् ।
सामसङको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन् । नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पु-याउने सामसङको प्रतिबद्धताअनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरुसँग आफूलाई जोड्न सक्छन् । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन् ।
ग्यालेक्सी एम ०१ कोरमा एक जीबी -याम र १६ जीबी स्टोरेज क्षमता छ । ग्यालेक्सी एम ०२ मा ग्राहकले आफ्नो आवश्यकताअनुसार दुई जीबी -याम र ३२ जीबी स्टोरेज वा तीन जीबी -याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेटमध्ये कुनै एक लिन सक्छन् । ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ, जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।
आफूसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुईवटा आधारभूत शर्तहरु लागू हुनेछन् । पहिलो पुरानो मोबाइल स्विच अन गर्न मिल्ने अवस्थाको हुनुपर्दछ । दोस्रो, फोनको ब्याट्री, स्क्रिन र फोनको बढी सही अवस्थामा हुनुपर्छ । यी दुई शर्तहरु पूरा भए ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिनेछ र नयाँ फोन किन्नका लागि ग्यारेन्टिड आठ सय रुपैयाँका साथ एक्स्चेन्ज प्रदान गरिनेछ । यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि सञ्चालनमा रहने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया