हिमाल सफाइ अभियानमा सेना र कोका–कोलाबीच साझेदारी
काठमाडौं ।
हिमाल सफाइ अभियानको लागि नेपाली सेना र कोका–कोलाबीच साझेदारी भएको छ । कोका–कोलाको दीर्घकालीन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ(एचसीआई)ले हिमाल सफाइ अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेका हुन् ।
कम्पनीका अनुसार हिमालयन क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाइ कायक्रमको दोस्रो संस्करण हो । यो मल्टिस्टेक होल्डर कायक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र छवटा चुचुरा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्देश्य राखेको छ ।
हिमाल सफाइ अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले कोका–कोलाको प्रणालीले नेपाली सेना र सरकारले देशको गौरवशाली हिमालहरु सफा गर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको बताए । उनले सबैको लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु रहेको बताए ।
वि.सं. २०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलोपटक ‘सगरमाथा हिमाल सफाइ अभियान २०७६’ नामक पहिलो हिमाल सफाइ अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट चार हजार आठ सय ९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट पाँच हजार छ सय ९४ किलो फोहोर संकलन गरिएको थियो ।
बोतलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदिप पाण्डेले हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको प्रशंसा गरे । उनले यस कार्यक्रमले विभिन्न सरकारी, गैरनाफामूलक संस्था र निजी क्षेत्रका कम्पनीहरुको लागि वातावरणको संरक्षणमा काम गर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साझा चासो राख्ने प्लेटफर्म स्थापना गरेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया