फाइभजी विकासका लागि रियलमीको प्रतिबद्धता
काठमाडौं ।
प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्डसेटिङ मोबाइल फोनको रुपमा देखिएको रियलमीले फाइभजी विकासका लागि पछिल्लो प्रतिबद्धता घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा फाइभजीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए । सीईओ लीले घोषणापत्रमा नयाँ योजनाका रुपमा फाइभजीको अपग्रेड तथा विश्वमा अधिकतम प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।
लीका अनुसार रियलमीले आफ्नो फाइभजी प्रक्षेपण वृद्धि गर्ने र आगामी दुई वर्षभित्र पूर्ण रुपमा उच्चप्रदर्शनका साथ तथा ट्रेन्ड सेटिङ डिजाइनसहितका सुलभ फाइभजी उत्पादनहरुलाई ७० प्रतिशत ग्राहकवर्गमाझ पु-याइसक्ने लक्ष्य लिएको छ । पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखी त्यसपश्चात् अन्य क्षेत्रमा आफ्नो रियलमीका फाइभजी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ ।
धेरैभन्दा धेरै प्रयोगकर्ताहरुमाझ उच्चगति एवं कम विलम्बताका साथ गुणस्तरीय अनुभूतियुक्त फाइभजी प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ । यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखी विश्वभर सात वटा फाइभजी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोतसाधनसहित थप तीन करोड अमेरिकी डलर फाइभजी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।
विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराका साथ द्रुतगतिमा फाइभजी नेटवर्कको विस्तार गरिरहेको छ । पहिलोपटक २०१९ जनवरीमा फाइभजी नेटवर्कसहितको ‘एक्स ५० फाइभजी’ सार्वजनिक गरेलगत्तै रियलमीले विभिन्न मूल्यका रेन्जमा फाइभजी सिरिजका स्मार्ट फोनहरु विश्वभर सार्वजनिक गर्दै आएको छ भने तिनले बजारमा एकछत्र राज गर्न सफल भएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया