खड्कालाई स्कुटर उपहार
काठमाडौँ ।
‘वाइवाइ जिङ’ तयारी चाउचाउ उपभोग गरेर उदयपुर त्रियुगा नगरपालिका, गाईघाट ११ का विनोद कुमार खड्काले स्कुटर उपहार प्राप्त गरेका छन् । सीजी फुड्सको ‘जिङमा जित उपभोक्ता उपहार योजना’ कार्यक्रमअन्तर्गत खड्काले उक्त स्कुटर प्राप्त गरेका हुन् । मंगलबार सीजी फुड्स (नुडल्स डिभिजन) का प्रदेश १ प्रमुख (सेल्स हेड) पुण्य प्रसाद लुइँटेल, सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्केलगायतको टिम गाईघाट पुगेर पुरस्कार वितरण गरेका थिए ।
लुइँटेलसँगै भर्खरै सम्पन्न ’वाइवाइ मिस उदयपुर’ दोस्रो सिजनकी विजेता निष्मा राउतले विजेतालाई स्कुटरको चाबी हस्तान्तरण गरेका थिए । लुइँटेलले विजेतालाई बधाई दिँदै ’यो उपहार मात्रै नभएर उपभोक्तालाई सहज जीवनयापन गर्नको लागि कम्पनीले यो एक किसिमको सहुलियत प्रदान गरेको बताए । यस्तै लुइँटेलले उपभोक्ताको अत्यधिक मागका कारण यो योजनाले अझै निरन्तरता पाउने समेत जानकारी गराए । कार्यक्रममा कम्पनीका प्रदेश १ सहायक प्रबन्धक (मार्केटिङ तथा ब्राण्ड प्रोमोसन) रबिन्द्र मास्केले सीजी फुड्सद्वारा उत्पादित वाइवाइ जिङ चाउचाउको जिङमा जित उपहार योजनाअन्तर्गत उपभोक्ताहरुले अझ धेरै स्कुटरहरुको साथै ट्याब्लेट, स्मार्ट वाच, स्केटिङ साईकल, साईकल, स्पिनिनर, लुडो लगायत हात खाली नजाने उपहारहरु जित्न सकिने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया