मोटोरोलाको ई७ पावर स्मार्टफोन नेपालमा सार्वजनिक
काठमाडौँ ।
मोटोरोलाले आफ्ना इ शृंखलाको स्मार्टफोन मोटो ई७ पावर नेपालमा सार्वजनिक गरेको छ । यसमा उच्च श्रेणीका फिचरहरु रहेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यसको पावर र परफरमेन्स उत्कृष्ट रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री छ भने टाइप सी चार्जर लाग्छ । दुई जीबी एलपीडीडीआर४एक्स ¥याम रहेको फोनमा जी२५ ओक्टा कोर प्रोसेसर छ । यसबाहेक फोनमा ३२ जीबी स्टोरेज क्षमता छ भने त्यसलाई माइक्रो एसडीकार्डले बढाउन पनि मिल्छ ।
६.५ इन्च म्याक्सभिजन, एचडीप्लस, अल्ट्रावाइड डिस्प्ले, द्रुत र सुरक्षित फिंगरप्रिन्ट, स्टक एन्ड्रोइड एक्सपेरिएन्स र मोटो एक्सन, वाटर रिपेलेन्ट डिजाइन, फेज डिटेक्सर अटोफोकससहितको १३ मेगापिक्सेल डुअल क्यामरा, डेडिकेटेड गुगल एसिस्टेन्ट बटन र गुगल लेन्स लगायतका सुविधा छन् । फोनको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया