आईएमई पेको अफर : नयाँ एप प्रयोगकर्तालाई सयमा सय बोनस
काठमाडौं ।
आईएमई ग्रुपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत एक सय रुपैयाँमा एक सय रुपैयाँ नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
यो स्किममा सहभागी बन्नका लागि आईएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवाईसी) फारम भरी कुनै न कुनै माध्यमबाट आईएमई पे वालेटमा एक सय रुपैयाँ जम्मा गर्नुपर्नेछ र त्यसपछि एक सय नै बोनस रकम तत्काल प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसका लागि केवाईसी फारम भेरिफाइड हुनुपर्नेछ ।
यसरी ‘आईएमई पे’मा मौजाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तै पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तानी घरमै बसीबसी आफ्नै मोबाइलबाट गर्न सकिनेछ । यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यानमार्फत भुक्तान गर्न सक्ननेछन् ।
यो योजना अप्रिल २१ देखि मे २१ गरी एक महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीले जनाएको छ । स्किमलाई व्यवस्थित ढंगले सञ्चालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पु-याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया