पोखरा थन्डर्सलाई हुण्डाई नेपालको साथ
काठमाडौं ।
नेपालको लागि हुण्डार्ई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सात मध्यका एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।
नेपाल सुपर लिगको प्रथम संस्करण शनिबारदेखि सुरु भएको छ । यो संस्करण आगामी जेठ १ गतेसम्म चल्नेछ । ह्युन्डाइले विश्वभर नै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्व कपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ ।
यसरी नैै लक्ष्मी हुन्डाईले पनि नेपालमा खेलकुद विकासको लागि विभिन्न खेलकुदहरु (फुटबल, गल्फ) मा प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ । लक्ष्मी ह्युन्डाइले बिगतमा नेपालको ‘ए’ डिभिजन टिम पनि १० वर्षसम्म प्रायोजन गरेको थियो ।
हुण्डाई मोटरले इङ्लिस प्रिमियर लिग सिजन २०१८/१९ देखि चार वर्षसम्मका लागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । फिफा प्रतियोगितामा विगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया