राकुटेन भाइबरद्वारा ‘ब्याटल अफ क्रिकेट’ नामक च्याटबट सुरु
काठमाडौं ।
राकुटेन भाइबरले ‘ब्याटल अफ क्रिकेट’ नामक च्याटबट सुरु गरेको छ । यो च्याटबटले क्रिकेट प्रेमी प्रयोगकर्ताहरुलाई क्रिकेट खेलहरुसँग सम्बन्धित विषयमा एक आपसमा अन्तरक्रिया गर्न, रमाइला कुराकानी गर्न र रोमाञ्चक उपहारहरु जित्ने अवसर दिनेछ ।
यो सिजनमा केही क्रिकेट प्रतियोगिताहरु रद्द हुनाले क्रिकेट प्रेमीहरुलाई ठूलो निराश बनाएको छ । तर, भाइबरले प्रयोगकर्ताहरुको मनोदशालाई महसुस गरेको र सोही कुरालाई मनन गरेर भाइबरले यो क्रिकेट च्याटबट प्रस्तुत गरेको बताएको छ । यो विशेषतालाई नेपाल, बंगलादेश र श्रीलंकाका प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले स्कोर आकलन गर्न सक्ने मात्र नभई उपहार पनि जित्न सक्नेछन् । यसका साथै, भाइबरले पूर्वक्रिकेटरहरु हबिबुल बशार सुमन र शहृयर नफीस, जो उनीहरुको अद्वितीय करियर र क्रिकेटको लागि माहिर मानिने हुनाले परीचित छन्, उनीहरुले कुनै पनि खेलअगावै आफ्नो विशेषज्ञता अनुरुपको स्कोरको आंकलन दिन उनीहरुलाई आबद्ध गरेको छ ।
च्याटबटका प्रयोगकर्ताहरुले हबिबुल र शहृयर दुवैजनाबाट स्कोर अनुमान प्राप्त गर्ने मौका पाउनेछन्, जसले उनीहरुको आफ्नो दक्षता र विज्ञता प्रयोग गरेर स्कोर आंकलन तथा आउँदो खेलहरुका बारेमा चर्चा गर्नेछन्, साथै विशेष सामग्रीहरुका साथ उपस्थित हुनेछन् । उनीहरुले सबै खेलहरुमा दिएको मन्तव्यहरुलाई च्याटबटमा पोस्ट पनि गरिनेछन् ।
भाइबर प्रयोगकर्ताहरुलाई सही भविष्यवाणीका लागि उपहार जित्ने मौका पनि प्राप्त हुनेछ । जसले सही जवाफको आंकलन गर्नेछ, उसले दैनिक रुपमा उपहारहरु र अंकहरु बटुल्नेछ । यसरी प्राप्त गरेको अंकको आधारमा भाइबरले विजेता सूची निर्माण गर्नेछ ।
हरेक आइतबार, विजेता सूचीको शीर्ष ३ मा रहेका प्रयोकगर्ताहरुले साप्ताहिक उपहारहरु प्राप्त गर्नेछन् । इच्छुक प्रयोगकर्ताहरुले यसलाई भाइबरको स्वामित्वको भुक्तान गरिएको स्टिकर प्याक र भाइबर आउट क्रेडिटहरु पनि प्राप्त गर्न सक्नेछन्, जसलाई उनीहरुले कोडहरु प्रयोग गरेर विनिमय गर्न सक्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया