किया नेपाल सुपर लिगमा धनगढी फुटबल क्लबको प्रायोजक
काठमाडौं ।
किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फम्र्याट (हरेक टिमले सबै टिमसँग खेल्नैपर्ने) मा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो ।
किया सधैँ खेलको दुनियाँसँग जोडिँदै आएको छ । किया विभिन्न टुर्नामेन्टहरुलाई सफल बनाउन मुख्य प्रायोजकको भूमिकामा सहभागी हुँदै आएको कम्पनी पनि हो । किया अस्ट्रेलियन ओपन, फिफा वर्ल्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, विश्वकै सबैभन्दा ठूलो प्रोफेसनल फुटबल क्लब तथा युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा यूईएफए युरोपा लिग, नेशनल मोटरस्पोट्र्स जस्ता खेलहरुमा आबद्ध छ । त्यसैगरी किया नेपाल पनि नेपाल सुपर लिगले नेपाली फुटबललाई माथि उकास्न मद्दत गर्नेमा विश्वस्त रहेको कम्पनीको भनाइ छ ।
यो कम्पनी फुटबलको विकासमा योगदान गर्न तथा खेलाडीलाई अझ व्यावसायिक तवरले अघि बढ्न मद्दत गर्न चाहन्छ । किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरुको जर्सीमा कियाको लोगो देख्न पाइने छ ।
त्यसैगरी, अनलाइन डिजिटल कन्टेन्ट र अन्य गितिविधिमार्फत पनि ब्रान्ड सचेतना जगाइनेछ । किया नेपाल प्रतिस्पर्धाका बेला सबै खेलाडीलाई महामारीबाट सुरक्षित राख्न आवश्यक सुरक्षा उपाय र पूर्वसावधानी अपनाउने प्रतिबद्धता जनाउँछ । कियाले धनगढी फुटबल क्लब टिम जर्सीसँगै आफ्नो नयाँ लोगो पनि देशव्यापी रुपमा सार्वजनिक गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया