ओपो एफ१९ प्रोलाई अरुभन्दा पृथक बनाउन सफल ३ विशेष फिचर्स
काठमाडौ ।
ओपोले केही समय अगाडी मार्च महिनामा आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१९ प्रो नेपालमा सार्वजनिक गरेको छ । छोटो अवधिमै निकै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा–स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट भिडियो, एआई कलर पोट्रेट भिडियो, ३०वाट भोक फ्ल्याश चार्ज ४.० लगायत फिचरका साथमा उत्कृष्ट प्राविधिक अनुभूति प्रदान गर्दै आइरहेको छ ।
उपाभेक्ताले यो ह्याण्डसेटलाई किन यत्ति रुचाइरहेका छन् त ? यहाँ उपभोक्ताका प्रतिक्रियाका आधारमा एफ१९ प्रोलाई बजारमा उपलब्ध अन्य उपकरण भन्दा पृथक बनाउन सघाएका तीन उत्कृष्ट फिचर्सका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।
उत्कृष्ट फोटोग्राफी, आकर्षक भिडियोज्
एफ१९ प्रोमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, २ एमपी माक्रो क्यामेरा र २ एमपी मोनो क्यामेराका साथमा काम गर्छ । साथै सेल्फीको लागी ३२एमपी फ्रण्ट–फेसिङ क्यामेराको प्रयोग गरिएको छ । उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले राम्रो ब्यवस्था गरेको छ ।
यसमा भिडियोलाई आकर्षक देखाउन एआई कलर पोट्रेट भिडियोलाई परिस्कृतिकरणका साथ भिडियोमा प्रयोग गर्न मिल्ने तरिकाले उपलब्ध गरिएको छ । फोटोग्राफी भ्यारियण्टमा एआई कलर पोट्रेट भिडियोले, भिडियो शटको मान्छे पहिचान गरे जस्तै यसले ब्याकग्राउण्डका मानिसलाई बुद्धिमताका साथ छुट्याउँछ । साथै, शटमा रहेको मानिसलाई चहकिला रंगले हाइलाइट गर्दै ब्याकग्राउण्डमा मोनोटोन ब्ल्याक वा ह्वाइट फिल्टरको प्रयोग मार्फत पोट्रेटको विषयलाई झल्किन सघाउँछ ।
रंग मार्फत आफ्नो रचनात्मकता भिडियोद्वारा प्रदर्शित गर्न चाहनेहरुका लागि यसमामा मोनोक्रोम भिडियो फिचरपनि उपलब्ध छ । यसले कुनैपनि शटमा सिंगल आरजीबी रंगलाई बढावा दिनुका साथै अन्य रंगका प्यालेट्स फिल्टरआउट गरी फुटेजमा नाटकियपन ल्याउँछ ।
साथै भ्लगर्सका लागि ओपोले दूई दृष्टिकोण एकै पटक कैद गर्न सघाउने डुअल–भ्यू भिडियो फिचरपनि सार्वजनिक गरेको छ । यसको सहायताले एकै साथ फ्रण्ट र रियर क्यामेरा मार्फत भिडियो खिच्न सकिन्छ । साथै कन्सर्ट लगायत समारोहका शट्समा स्थिरता दिन वा चहलपहलका कारण भिडियो बिग्रिने सम्भावनाबाट जोगाउन यसमा ईआईएस फिचरपनि दिइएको छ ।
फोटोमा उत्कृष्टताका लागि ओपोले डायनामिक बोके, नाइट फ्लेयर पोट्रेट लगायत ईफेक्टहरु पनि फोनमा उपलब्ध गराएको छ । त्यसैगरी एआई कलर पोटे«ट, एआई ब्यूटिफिकेशन २.० जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सौन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ।
एफ१९ प्रोमा रहेको एआई सिन ईन्ह्यान्समेन्ट २.० ले २० प्रकारका ल्याण्डस्केप शट्को पहिचान गर्ने क्षमता राख्नुका साथै पिक्सेल–बाई–पिक्सेल कलर स्चाचुरेशन र कन्ट्रास्टमा सुधार ल्याउने कार्य गर्छ । साथै, भिडियो एडिटिङमा सघाउँदै मुभि–क्वालिटी क्ल्प्सि स्वचालितरुपमा निकाल्न सघाउने लोकप्रिय फिचर, सोलुप भिडियोलाई पनि फोनमा निरन्तरता दिइएको छ ।
तिब्र चार्जिङ सुविधा सहितको टिकाउ ब्याट्री
तिब्र गतिको चार्जिङ सुविधाका लागि ३०वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधिका साथै यसमा लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै यसमा अल–डे स्मार्ट पावर सेभिङ फिचरपनि दिइएको छ ।
यो फिचरले सीपीयू फ्रिक्वेन्सी, फोनको ब्राइटनेस लगायत घटाई कल गरिरहेको, टेक्सटिङ वा नेभिगेशन एप चलाईरहेको अवस्थामा अन्तिम ५ प्रतिशत ब्याट्री बाटै फोनलाई रुकावत विना चलाउन सघाउँछ । साथै यसमा फोनलाई ओभरचार्जिङ हुनबाट जोगाउन यसमा ब्याट्री गार्डको ब्यवस्थापनि गरिएको छ ।
फोनको गतिको लागी कम्पनीले एफ सिरिजका फोनमै पहिलो पटक सिस्टम परफरमेन्स अप्टिमाइजर उपलब्ध गराएको छ । ओपोको स्वामित्व अन्तर्गतको यो प्रविधिले १० अनुकुलन सुविधाका प्याकेज उपलब्ध गराउँदै फोनलाई लामो सयम सम्म बिना ल्याग सटिक कार्यप्रदर्शनीको क्षमता प्रदान गर्छ ।
एप स्टार्टअप टाइममा तिब्रताका साथै, थप प्रतिक्रियात्मक अन–स्क्रिन टच र न्यून ल्यागका लागि एफ१९ प्रोमा २.२ जीएचजेड सम्म सञ्चालन हुने २ एआरएम कोरटेक्स–ए७५ प्राइम कोर्स र २.० जीएचजेड सम्म क्षमताका साथ सञ्चालन हुने ६ एआरएम कोरटेक्स– ए५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी९५ ओक्टा–कोर प्रोसेसरको प्रयोग गरिएको छ ।
साथै यसमा गेमिङको मज्जाका लागि स्मूथ ग्राफिक्स, अप्टिमाइज्ड नेटवर्क ल्याटेन्सी र डि-याकद्वारा सञ्चारित रियल एचडी साउण्ड सुविधा पनि उपलब्ध छ । साथै, फोनलाई ईन्टेन्सिव गेमिङका दौरान उत्पादन हुने तापका कारण ल्याग हुनबाट जोगाउन विशेष कुलिङ प्रणालीपनि फोनमा उपलब्ध गरिएको छ । गेमर्सलाई विशेष ध्यानमा राखि यसमा गेम फोकस मोड, क्विक स्टार्टअप, गेम फ्लोटिङ विण्डो र बुलेट स्क्रिन म्यासेज लगायत फिचर्सपनि उपलब्ध गरिएका छन् ।
कलरओएस ११ः तिब्र मल्टिटास्किङको मज्जा
ओपो एफ१९ प्रोमा मल्टिटास्किङ गरिरहनुपर्ने प्रयोगकर्ताहरुलाई विशेष ध्यानमा राखि विभिन्न सुविधाहरु उपलब्ध छन् । कुनै एप चलाइरहेको अवस्थामा त्यसलाई बन्द नगरिकन ह्वाट्सएप म्यासेजमा रिप्लाइ गर्नुपर्ने अवस्था हुँदा फ्लेक्सड्रप फिचरको प्रयोग गर्न सकिनेछ ।
कार्यालयमा कार्यरत प्रयोगकर्ताहरुका लागि डक्यूमेन्ट्स शेयरिङमा सहजता प्रदान गर्न एफ१९ प्रोमा नियरबाई शेयरिङ फिचर दिइएको छ । यसको माध्यमबाट नजिक रहेका अन्य ओपो प्रयोगकर्ताहरुलाई सिधै डक्यूमेन्ट्स शेयर गर्न सकिन्छ । त्यसैगरी स्क्रिनशट्स लिन र त्यसमा रहेको कन्टेन्टलाई गुगल लेन्स मार्फत तत्सम अनुवाद गर्न थ्री–फिंगर ट्रान्सलेट फिचरपनि दिइएको छ ।
साथै यसमा गोपनियता र सुरक्षाका लागि डाटा रिट्रिभ (पूणः प्राप्ति) तथा अनावश्यक ब्यक्तिको पहुँचबाट जोगाउन विशेष फिचर्सको ब्यवस्था गरिएको छ । यसमा ब्यक्तिगत मिडिया तथा फाइल्सका लागि ओपोको प्राइभेट सेफ सुविधापनि उपलब्ध छ ।
समग्रमा एफ१९ प्रो शक्तिशाली रचनात्मक टूल हुनुका साथै यसले तिनका ब्यक्तिगत र “वर्क लाईफ” (कार्यगत जीवनशैली)को सुन्तुलनका लागि समेत विभिन्न फिचर्सहरु उपलब्ध गराएको छ । ओपो एफ१९ प्रो, फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दूई आकर्षक रंगमा उपलब्ध छन् । ८ जीबी -याम र १२८ जीबी सञ्चय क्षमता सहितको एफ१९ प्रोको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया