नियो डिजिटलले ल्यायो नयाँ गेम ‘ब्रामो’
काठमाडौँ ।
सफ्टवेयर इन्जिनियरहरुले सुरु गरेको कम्पनी नियो डिजिटल प्रालि मोबाइल गेम पारखीहरुको लागि ‘ब्रामो’ गेम लञ्च गरेको छ । ‘ब्रामो’ नामको यो गेम थ्रीजी आरपीजी मोडेलमा नेपालमै प्रथमपटक प्रारम्भ गरेको कम्पनीका सञ्चालक तथा निर्माता रितेश भट्टराईको दाबी छ । भर्खरै हाई स्कुल लेभल उत्तीर्ण युवा प्रतिभा युमिस निरौलासँग मिलेर यो गेम बनाउन एक वर्षभन्दा बढी समय लागेको उनले बताए ।
कुनै गाउँमा राक्षसहरूले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी युवाले कसरी गाउँले र गाउँको रक्षा गर्छन् भन्ने कथामा यो गेम आधारित भएको निरौलाले बताए । नेपालमा मोबाइल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ मोडलमा मोबाइल भर्सनमा यो नै पहिलोपटक लन्च भएको उनको दाबी छ । ब्रामोको प्रारम्भसँगै नेपालमा मोबाइल गेम निर्माणमा ठूलो सघाउ पु¥याउने उनले बताए ।
गएको महिना उपभोक्तामुखी पेशा व्यवसायको लागि कस्टुमर रिलेसनसिप म्यानेजमेन्ट (सीआरएम) सफ्टवेयर सार्वजनिक गरेको नियो डिजिटलले छिट्टै केटाकेटीको लागि भनेर आकर्षक शैक्षिक गेम ल्याउने योजना बनाएको बताएको छ । प्ले स्टोरमा उपलब्ध यो निःशुल्क डाउनलोड गरी जोसुकैले खेल्न र आनन्द लिन सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया