मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउन आग्रह
काठमाडौं ।
नेपाल उद्योग परिसंघले कोरोना महामारीबाट प्रभावित बनेको संगठित र असंगठित क्षेत्रका मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गरी परिसंघले श्रमिकको हितमा कार्य गर्न सरकारलाई आग्रह गरेको हो ।
कोरोनाबाट आमनागरिक तथा मजदुर वर्गलाई सुरक्षित राख्नु सरकारको पहिलो कर्तव्य रहेको परिसंघका अध्यक्ष सतिशकुमार मोरले बताए । साथै उनले मजदुर वर्ग स्वयं सचेत बन्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको बताए । अध्यक्ष मोरले कोभिडको प्रकोपबाट उत्पन्न समस्याहरुले प्रत्यक्षरुमा उद्योग, व्यापार तथा व्यवसायमा समेत प्रभाव परिरहेको भन्दै मानव जीवन र अर्थतन्त्र एक अर्काको पर्याय हुन् भन्ने सोचका साथ सरकारबाट खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखी तुरुन्त खोप लगाउने कार्य थाल्न र उद्योग व्यसाय सञ्चालनमा सहजता बनाउन माग गरे ।
खोप आयातमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरुदेशका खोपहरुलाई पनि अनुमति प्रदान गरी फास्ट ट्र्याकबाट खोप आयात गरी खोपलाई अभियानको रुपमा नेपालभर लगाउने व्यवस्था मिलाउनुपर्ने उनको माग छ । अहिलेको अवस्थामा आपूर्ति व्यवस्थालाई सुदृढ गर्नको लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरहरुलाई पहिलो प्राथमिकतामा राखी खोपको व्यवस्था गर्न परिसंघले माग गरेको छ ।
साथै परिसंघले देशमा औद्योगिक वातावरणसहित श्रमजीवीलाई एकताबद्ध बनाई मजबुत, सबल र सुदृढ राष्ट्रिय अर्थतन्त्रको परिकल्पनामा हातेमालो गर्दै आत्मनिर्भर नेपाल बनाउन श्रमिक दिवसले प्रेरणा मिलोस् भन्ने कामना समेत गरेको छ । उद्योगी र श्रमिकबीच सद्भाव कायम राख्नै उद्योगमैत्री वातावरणको सृजना गर्न यस दिवस अभियानको रुपमा अगाडि बढ्ने परिसंघको विश्वास छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया