क्लासिक टेकको ‘तुफान’ अफर
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्नो ‘तुफान’ अफर सार्वजनिक गरेको छ । कोभिडका कारण सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो ।
घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी ‘तुफान’ अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । उक्त अफरमा सेवाग्राहीले ५० एमबीपीएसदेखि सय एमबीपीएससम्मको हाइस्पिड इन्टरनेट र फ्रि आईपीटीभी पनि पाउनेछन् ।
उक्त तुफान अफरमा ५० एमबीपीएसअन्तर्गत प्रतिमहिना एक हजार दुई सय ५० रुपैयाँको दरमा एक वर्षको लागि १५ हजार रुपैयाँ जसमा दुई आईपीटीभी निःशुल्क हेर्न पाइनेछ तथा ८० एमबीपीएसअन्तर्गत तीन आईपीटीभी प्रतिमहिना एक हजार चार सय रुपैयाँका दरले १६ हजार आठ सय रुपैयाँ र सय एमबीपीएसअन्तर्गत तीन आईपीटीभीसम्म प्रतिमहिना एक हजार आठ सय रुपैयाँको दरले २१ हजार छ सय रुपैयाँमा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।
क्लासिक टेकको इन्टरनेटसँग आईपीटीभीको ५० भन्दा बढी एचडी च्यानलहरु र सय एसडी च्यानलहरु निःशुल्क हेर्न पाइनेछ । साथै सबै पुरानो तथा नयाँ टिभीमा पनि युट्युब हेर्न सकिन्छ ।
साथै कम्पनीले आफ्नो पुरानो ग्राहकहरुको लागि रिचार्जअन्तर्गत तुफान रिचार्ज अफर प्याकेज पनि सार्वजनिक गरेको छ । अन्य प्याकेज अफरहरुका लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्नसक्ने कम्पनीले बताएको छ ।
कम्पनीका प्रमुख सेल्स एन्ड मार्केटिङ म्यानेजर विनय कुमार अधिकारीका अनुसार इलेक्ट्रोनिक अत्याधुनिक डिजिटल प्रविधि आईटीपीएस मोडेलमा विस्तार गराउन सफल क्लासिक टेक इन्टरनेट कम्पनी भरपर्दो र गुणस्तरीय रहेको र यसैअनुसार सेवा दिइँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया