नेपाली युवा उद्यमी मञ्चको सातौँ पटक लिडर प्रोजेक्ट
काठमाडौं ।
नेपाली युवा उद्यमी मञ्चले क्यानडास्थित वेस्टर्न विश्वविद्यालयको आईभी बिजनेस स्कुलका विद्यार्थीद्वारा सञ्चालित ‘लिडर प्रोजेक्ट’को सातौँ पटक आयोजना सम्पन्न गरेको छ । सो दुई हप्ता लामो कार्यक्रम अप्रिल १ देखि अप्रिल ३० सम्म भएको थियो । ३१ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको उद्देश्य बिजनेस ट्रेनिङमार्फत आर्थिक विकासमा सघाउनु हो ।
‘लिडर प्रोजेक्ट’मा संलग्न सबै निर्देशकहरु, विश्वप्रसिद्ध बिजनेस स्कुल, आईभीको विशिष्ट प्रकारले केस स्टडिज पढाउने ट्रेनिङ्ग पाएका र सो कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रमहरु वर्ल्डक्लास रहेको जनाइएको छ । आईभी बिजनेस स्कुलले अन्तर्राष्ट्रियस्तरमा नेपाललगायत अन्य सातवटा ठाउँहरुमा आफ्ना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’मार्फत निर्देशकका रुपमा पठाउने गरेको कार्यक्रमका आयोजक समितिका सभापति सहारा जोशीले बताइन् ।
दुई हप्ताको ‘लिडर प्रोजेक्ट’को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले आफ्नो बिजनेस योजनाहरु, एक भव्य प्यानलको अगाडि प्रस्तुत गरेका थिए । सो प्यानलमा उद्योग विशेषज्ञहरु, उद्यमीहरु र ‘लिडर प्रोजेक्ट’का एल्मनि सदस्यहरुको संलग्नता थियो । प्यानलका जजहरुमा आईभी विशिष्ट स्कट मीखालास्की र उद्यमी निरज कर्माचार्य रहेका थिए ।
आयोजक नेपाल युवा उद्यमी मञ्च, नेपालका युवा उद्यमीहरु संस्था हो । नेपाली युवामाझ विभिन्न कार्यक्रमहरु आईडिया एक्सचेन्ज, फेलोसिप, ट्रेनिङ्ग, एडभोकेसी आदिद्वारा उद्यमी र उद्यमशीलताको रचना गर्ने उद्देश्य यस संस्थाको रहेको छ । यो मञ्चको स्थापना नेपाल उद्योग वाणिज्य संघबाट सेप्टेम्बर २६, २००३ मा भएको हो ।
नेपाल युवा उद्यमी मञ्चको मूल मान्यताहरु र कार्यक्रमको लक्ष्यसँग मेल खाँदै, यो वर्षको ‘लिडर प्रोजेक्ट’का प्रायोजक एनआईसी एसिया बैंक रहेको छ । नेपालको अर्थतन्त्रमा विगत दुई दशकभन्दा बढी सेवा दिँदै आइरहेको ‘क’ वर्गको एनआईसी एसिया बैंक, नेपालका अग्रज तथा प्रगतिशील बैंकहरुमध्ये एक हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया