टेलिकमको आकर्षक डाटा तथा भ्वाइस प्याक सुविधा
काठमाडौं ।
कोभिड–१९ को कारण लागू गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमले ग्राहकहरुले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक उपलब्ध गराएको छ । हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा निषेधाज्ञा लागू गरिएको छ ।
कम्पनीले निषेधाज्ञाको समयमा ग्राहकहरुका लागि विभिन्न आकर्षक सुविधाहरुसहित प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने सेवा दिइरहेको छ ।
वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक : २८ दिनसम्म प्रत्येक दिन एक जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक छ सय ४९ रुपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकताबमोजिम डाटा चलाउन र कुराकानी समेत गर्नसक्ने भएकाले यो प्याक निकै लोकप्रिय रहेको कम्पनीको दाबी छ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार१स्टार८स्टार२ह्याक्स डायल गर्न सकिन्छ ।
सात दिनका लागि १.५ जीबी प्याक : कम्पनीले सात दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्ने गरी यो प्याकको व्यवस्था गरिएको जनाएको छ । नेपाल टेलिकमले स्प्रिङ अफरअन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा ९५ रुपैयाँमा उपलब्ध गराइरहेको छ । यो प्याक लिनका लागि स्टार१४१५स्टार१स्टार१स्टार४ह्याक्स डायल गर्न सकिन्छ ।
दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक : दुई घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । जम्मा ३० रुपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार८स्टार२ह्याक्स डायल गर्न सकिन्छ ।
५०० एमबी प्रतिदिन डाटा प्याक : जम्मा दुई सय ९९ रुपैयाँमा २८ दिनसम्म प्रत्येक दिन पाँच सय एमबी डाटा प्रयोग गर्न मिल्ने गरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि स्टार१४१५स्टार१स्टार९स्टार३ह्याक्स डायल गर्न सकिन्छ ।
मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकले स्टार१४१५ह्याक्स डायल गरेर त्यहाँ दिइएको निर्देशनअनुसार विभिन्न प्याक खरिद गर्न सक्छन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया