वार्षिक १८३ प्रतिशत बजार वृद्धिका साथ रियलमी बन्यो युरोपको सफल स्मार्टफोन
काठमाडौं ।
स्मार्टफोन कम्पनी रियलमी युरोपेली देशहरुमा सफल स्मार्टफोन बन्न सफल भएको छ । काउन्टरप्वाइन्टको रिपोर्टअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर एक करोड २८ लाख मोबाइल फोन बिक्री गरेको छ ।
विश्वका १३ देशमा बिक्री हुने मोबाइल फोनमध्ये शीर्ष पाँच स्थानमा आफूलाई स्थापित गर्दै पहिलोपटक तीन युरोपेली मुलुकमा उच्च चार बिक्रेताका रुपमा रियलमी देखिएकोे क्यानालिस ग्लोबल स्मार्टफोन रिपोर्टले जनाएको छ ।
सन् २०१९ देखि युरोपेली बजारमा आफ्ना उत्पादन पठाउन थालेको रियलमीले हरेक वर्ष तीव्र बजार विस्तार गर्ने कम्पनीका रुपमा आफूलाई स्थापित गरेको छ ।
पहिलो त्रैमासिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा १८३ प्रतिशतले बजार विस्तार गरेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ ।
क्यानिलिसको रिपोर्टमा चेक गणराज्य र ग्रिसमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गर्ने कम्पनीको चौथो नम्बरमा रियलमीलाई राखेको छ । यसैगरी बजार विस्तारको गतिलाई हेर्दा स्लोभेनियामा पनि रियलमी चौथो नम्बरमा छ भने रसियामा पाँचौँ ठूलो बजार वृद्धि गर्ने खेलाडीका रुपमा रियलमी देखिएको छ ।
क्यानालिसको सन् २०२१ को पहिलो त्रैमासिकको रिपोर्टअनुसार चेक रिपब्लिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा ४१०४ प्रतिशत र ग्रीसमा ४७७ प्रतिशतले निर्यात बढाएको छ भने रसियामा ६८२ प्रतिशतले आपूर्ति बढेको देखिएको छ । दक्षिणपूर्वी एसियामा रियलमी बजार विस्तारका हैसियतले उत्कृष्ट ठहरिँदै फिलिपिन्समा २३ प्रतिशत बजार सेयर र ९५ प्रतिशतले वार्षिक वृद्धि गर्न सफल देखिएको छ ।
कम्बोडियामा वार्षिक वृद्धि ३७९ प्रतिशतले गरेको रियलमी इन्डोनोसिया र थाइल्याण्डमा दोब्बर अंकले बजार वृद्धि गरेर रेकर्ड राख्न सफल भएको छ । यसैगरी शीर्ष चार प्रतिस्पर्धीलाई पछ्याउँदै भारतमा रियलमी १२ प्रतिशत बजार वृद्धिका साथ पाँचौँ स्थानमा आफूलाई पार्न सफल देखिएको छ ।
‘२०२१ को पहिलो त्रैमासिकमा बलियो बजारवृद्धिका साथ विश्वका विभिन्न स्थान, विशेषगरी पूर्वी युरोपमा आफ्नो बलियो छाप छाड्न सफल भएकाले गर्व महशुस भएको छ,’ कम्पनीका कार्यकारी निर्देशक सीईओ स्काई लीले भने, ‘यसले विश्वमै नम्बर वान स्मार्टफोनका रुपमा आफुलाई स्थापित गर्न रियलमी तयार देखिएको पुष्टि हुन्छ ।’ उनले चुनौतीदेखि उन्नतिसम्मको एजेण्डासहित अत्यधिक प्रतिस्पर्धाका साथ कम्पनी द्रुतगतिमा बजार विस्तार गरी युवापिँढीलाई सशक्तीकरण गर्नमा कम्पनी प्रतिबद्ध रहेको बताए ।
रियलमीको प्रदर्शनीबारे कमेन्ट गर्दै क्यानालिसका उपाध्यक्ष निकोल पेन्गले पछिल्लो एक वर्षको अवधिमा औसतमा हरेक तीन महिनामा ४५ प्रतिशतले बजार विस्तार गरेको बताउँदै प्रशंसा गरेका छन् ।
‘विश्वव्यापी स्मार्टफोनको बजारमा नवीन कम्पनीका रुपमा रियलमीले व्यापक वृद्धि गरिरहेको छ,’ उनले भनेका छन्, ‘अघिल्लो वर्षको महामारीको समयभन्दा २७ प्रतिशतले बजार विस्तारसहित करिब तीन करोड ४७ लाख मोबाइल फोन कम्पनीले ढुवानी गरेको छ । उनले युवापिँढीमाझ रियलमी व्यापक रुचाइएको बताएका छन् ।
सन् २०२१ को पहिलो त्रैमासिकको क्यानालिसको रिपोर्टअनुसार रियलमी ढुवानीमा उत्कृष्ट ठहरिँदै १३ देशमा शीर्ष पाँच स्थानमा रहेको छ र रिपोर्टअनुसार भारत, इन्डोनोसिया, बंगलादेश, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक गणराज्य, ग्रिस र स्लोभेनिया देशमा रियलमीको बजार माग उच्च देखिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया