रिचार्जरमा नौ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर, कोभिडका सामान निःशुल्क डेलिभरी
काठमाडौं ।
इ–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे इ–सेवासँगको सहकार्यमा रिचार्जरले बजारभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेटलगायतका सामान निःशुल्क डेलिभरी गरिदिने भएको हो ।
पल्स अक्सिमिटर नौ सय ९९ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो ।
वैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लिखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एक जना प्रयोगकर्ताले अधिकतम पाँच वटासम्म अक्सिमिटर खरिद गर्न सक्नेछन् ।
ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निःशुल्क डेलिभरी हुनेछ भने अर्डर गरी इ–सेवाबाट भुक्तानी गर्नेहरुले मात्र उल्लिखित मूल्यमा अक्सिमिटर पाउने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । कोरोना संक्रमण तीव्रदरमा बढिरहेका बेला अक्सिजनको लेभल हेर्न अक्सिमिटर जरुरी पर्ने भएकाले सस्तो मूल्यमा विना कुनै शुल्क घरमा नै अक्सिमिटर उपलब्ध गराउनलागेको रिचार्जरले जनाएको छ ।
यसका साथै रिचार्जरले सात लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर ६० देखि ८२ हजार रुपैयाँमा उपलब्ध गराउनेछ भने अक्सि ९९ क्यान अक्सिजन पाँच सय ४९ रुपैयाँमा, सर्जिकल मास्क पाँच रुपैयाँमा, के९५ मास्क १५ रुपैयाँमा, कोरियन मास्क ३५ रुपैयाँमा, फेस शिल्ड ५५ रुपैयाँमा, सय मिलिलिटरको ह्याण्ड स्यानिटाइजर ७५ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । त्यसैगरी गाडी तथा रुम स्प्रे स्यानिटाइजर तीन सय ५० रुपैयाँ, पाँच लिटरको स्यानिटाइजर सात सय ९९ देखि नौ सय ९९ रुपैयाँका साथै थर्मल गन नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
विभिन्न किसिमका पीपीई सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध हुनेछ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता सञ्चालन गर्दा एक हजार क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया