टेलिकमको नाफामा भारी गिरावट
काठमाडौं ।
नेपाल टेलिकमको नाफामा भारी गिरावट आएको छ । टेलिकमले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा पाँच अर्ब ८८ करोड ४५ लाख ७१ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । टेलिकमले गत आर्थिक वर्षको सोही अवधिमा सात अर्ब ५६ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । जुन गत वर्षको तुलनामा २२ दशलमब २२ प्रतिशतले कम हो ।
यस्तै टेलिकमको कुल आम्दनी पनि घटेको छ । गत आवको तृतीय त्रैमासिकसम्मको टेलिकमको कुल आय ३२ अर्ब २७ करोड २३ लाख २३ हजार रहेकोमा चालू आवको सोही अवधिमा कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७३ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको सेवाबापतको आयमा भने दुई दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको तृतीय त्रैमासिकसम्म टेलिकमको सेवाबापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा सेवाबापतको आय भने २७ अर्ब ४५ करोड १३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको चालू आवको तृतीय त्रैमासिक अवधिमा पनि कुल सेवाबापतको आय ९२ करोड ९३ लाख ७० हजार रुपैयाँले वृद्धि भएको छ । कम्पनीको गत आवको तृतीय त्रैमासिक अवधिमा कुल सेवाबापतको आय आठ अर्ब ७९ करोड ७० लाख ६९ हजार रहेकोमा चालू आवको सोही अवधिमा कुल सेवाबापतको आय नौ अर्ब ७२ करोड ६४ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चालू आवको प्रथम र द्वित्तीय त्रैमासिकमा कुल सेवाबापतको आय क्रमशः आठ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ र नौ अर्ब आठ करोड ९५ लाख ७३ हजार रुपैयाँ रहेको थियो । चालू आवको तृतीय त्रैमासिक अवधिमा कुल सेवाबापतको आय द्वितीय त्रैमासिकको भन्दा ६३ करोड ६८ लाख ६५ हजार रुपैयाँले वृद्धि भएको हो । जुन दोस्रो त्रैमासको भन्दा सात प्रतिशत बढी हो ।
यस्तै कम्पनीले चालू आवको तृतीय त्रैमासिक अवधिमा खुद मुनाफा दुई अर्ब ५९ करोड ५० लाख ७७ हजार पुगेको छ । प्रथम र द्वितीय त्रैमासिकमा खुद मुनाफा क्रमशः एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ र एक अर्ब ७७ करोड १६ लाख २५ हजार रुपैयाँ रहेको थियो । चालू आवको तृतीय त्रैमासिक अवधिमा खुद मुनाफा द्वितीय त्रैमासिकको भन्दा ८२ करोड ३४ लाख ५२ हजार रुपैयाँले वृद्धि भएको हो ।
कोभिड–१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापीरूपमा व्यापार व्यवसायमा कमी आउनु, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा चालू आवमा घट्नु, महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा डाटाको खपत बढे पनि राजस्व आशातितरूपमा वृद्धि हुने अवस्था नरहेको, कोभिड महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआबद्धता सेवामा भारी गिरावट आएकोले कम्पनीको आम्दानीमा असर परको बताइएको छ ।
यस्तै समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा फोजी/एफटीटीएचजस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया