टेलिकमको लकडाउन स्टे कनेक्टेड अफर
काठमाडौं ।
कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले वैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ ।
अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिनेछ । यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय अघि वा पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ ।
यस अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराइनेछ । दुई सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा पाँच सय एमबी डाटा उपलब्ध गराइनेछ र सो डाटा दुई दिनभित्र प्रयोग गर्न सकिनेछ । यसैगरी पाँच सय रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइनेछ र सो डाटा चार दिनभित्र प्रयोग गर्न सकिनेछ ।
यी अफरहरु फोरजी नेटवर्कमा प्रयोग गरी तीव्र गतिको डाटा प्रयोग गर्ने अवसरको सदुपयोग गर्न सकिन्छ । साथै, आफ्नो मोबाइलको सिमले फोरजी नेटवर्क प्रयोग गर्न सक्ने/नसक्ने जाँच गर्न तथा फोरजी नेटवर्क एक्टिभेट गर्नका लागि स्टार४४४ह्याक्स डायल गर्नु पर्दछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया