Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेएल दुगड समूहको सहयोगमा मेडिकल कलेज कोहलपुरमा दैनिक खाना

केएल दुगड समूहको सहयोगमा मेडिकल कलेज कोहलपुरमा दैनिक खाना


काठमाडौं ।
नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तिनका आफन्तहरुलाई दुई महिनासम्म खान पुग्ने खाद्यान्न केएल दुगड ग्रुपले उपलब्ध गराउने भएको छ । कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के एल दुगड ग्रुपले दुई महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।

बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन् । प्रत्येक दिन बिहान दुई सय जना र बेलुका दुई सय जना संक्रमित तथा तिनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको अशोक कोइरालाले बताए ।

‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल व्यवसायी डराइरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणिक अवस्था देखेपछि हामीले अभियान चलायौँ’, कोइरालाले भने । सहुलियत खाना प्रतिछाक ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि व्यवस्थापन गरिएको छ । कार्यक्रममा दुई महिनालाई आवश्यक पर्ने खाद्यान्न केएल दुगड समूहले सहयोग गरेको छ भने अन्य आवश्यक सामग्री नेपालगञ्जस्थित अन्य उद्योगी व्यवसायीहरुले सहयोग गरेका छन् ।

संक्रमित र संक्रमितका कुरुवाले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत दुई महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराइएको केएल दुगड ग्रुपका प्रबन्धक प्रदिप छाजेडले बताए । बाँके र यस आसपासबाट आएका संक्रमित तथा संक्रमितका कुरुवाहरुले खाना, नास्ता र पानी समेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया