टेलिकमको भीओएलटीई सेवा सुरु
काठमाडौं ।
नेपाल टेलिकमले ग्राहकको मागअनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधिअन्तर्गत भीओएलटीई (भ्वाइस ओभर लङ टर्म इभोलुसन) सेवा सञ्चालनमा ल्याएको छ ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा कम्पनीले सोमबारदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा उक्त सेवाको परीक्षण सुरु गरेको हो । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने कम्पनीले जनाएको छ । मागबमोजिम उपलब्ध हुने यो सेवाका लागि टेलिकमका सेवाग्राहीले भीओएलटीई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट स्टार४४४ह्याक्स डायल गरी प्राप्त निर्देशनहरुको अनुसरण गरी सिममा भीओएलटीई एक्टिभेट गर्नुपर्दछ ।
यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटीई कल फर एनटीसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखापर्दछ । भीओएलटीईको संकेत देखापरेपछि स्टार१११ह्याक्स डायल गर्नुपर्दछ । टेलिकमले यो सेवाको प्रयोगकर्तालाई टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउनेछ ।
आफ्नो मोबाइल सेटले भीओएलटीई सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवासम्बन्धी अन्य जानकारी प्राप्त गर्न कम्पनीको वेबसाइट एनटीसी डट नेट डट एनप/पोष्ट/भीओएलटीर्ई लिंक प्रयोग गर्न सकिन्छ । यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा सपोर्ट डट भीओएलटीई एट एनटीसी डट नेट डट एनपीमा इमेल पठाउन पनि सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया