निम्बसले प्रो–टेक्टको मास्क र सेनिटाइजर सहयोग गर्ने
काठमाडौं ।
कोभिड–१९ को महामारीविरुद्ध लडिरहेको समयमा अत्यावश्यक ठाउँमा निम्बसले प्रो–टेक्टको मास्क र सेनिटाइजर सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।
कम्पनीले अस्पताल, क्वारेन्टाइन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर मास्क र सेनिटाइजर बाँड्ने तयारी गरेको हो । यी मास्क र सेनिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा निम्बसबजार डट कममार्फत सम्बन्धित स्थानमा पु-याउने जनाएको छ ।
निम्बसले शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अप्ठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा सञ्चालित संगठन, हार्टविटलाई मास्क वितरण गरिसकेको छ । निम्बसका प्रबन्धनिर्देशक, आनन्द बगरियाले विश्वले भोगिहेको यो कठिन चुनौतीलाई हराउन सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुने बताए । प्रो–टेक्ट निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो, जसले उच्च गुणस्तरको एन्टी–माइक्रोवियल केएन९५ मास्क, थ्रीप्ले मास्क र विश्व स्वास्थ संगठनको मापदण्डअनुसारको ७६ प्रतिशत इथानोल रहेको स्यानिटाइजर उत्पादन गर्दछ ।
कम्पनीका अनुसार आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले प्रो–टेक्ट मास्क र स्यानिटाइजरका लागि निवेदन दिनका लागि निम्बसबजार डट कममा गएर डोनेट प्रो–टेक्ट बटन थिच्नुपर्नेछ अथवा ९७७–९८२८०९१६९१ मा सम्पर्क गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया