निम्बसद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं ।
निम्बस कम्पनी नेपालले नेपाल प्रहरीका कर्मचारीहरुका लागि पहिलो चरणमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रबन्धनिर्देशक आनन्द कुमार बगरियाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा एक लाख थान सर्जिकल मास्क, १० हजार थान एन–९५ मास्क र ८० लिटर सेनिटाइजर रहेका छन् । नेपाल प्रहरीमा देशभर कार्यरत प्रहरी कर्मचारीहरुका लागि आवश्यकताअनुरुप प्रोटेक्ट ब्रान्डको मास्क र सेनिटाइजर उपलब्ध गराउने कम्पनीको नीतिअनुरुप पहिलो चरणमा उक्त सामग्री उपलब्ध गराइएको प्रबन्धनिर्देशक बगरियाले बताए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निम्बस कम्पनीको तर्फबाट कार्यकारी निर्देशक र प्रशासन प्रमुख समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया