Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यूआर कारोबारमा फोनपेको आकर्षक उपहार योजना

क्यूआर कारोबारमा फोनपेको आकर्षक उपहार योजना


काठमाडौं, माघ २
फोनपेले क्यूआरमार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ । नयाँ वर्ष २०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यास व्याक, मोबाईल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो । फोन पेका सदस्य बैंक तथा इसेवा मार्फत, नेपालभर रहेका क्युआरमार्फत भुक्तानी गर्ने ग्राहक तथा क्युआर भूक्तानी लिने व्यापारी यस उपहार योजनामा विजेता बन्न सक्नेछन् । लक्की ड्र मार्फत विजेता सार्वजनिक गरिनेछ । यो उपहार योजना ग्राहक र व्यापारीका लागि छ महिनासम्म लागू हुनेछ । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक पाँच जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँचवटा व्यापारीले आकर्षक उपहार प्राप्त गर्नेछन् ।

यस्तै हरेक हप्ता एक जना ग्राहक र एक जना व्यापारीले २५ हजार रुपैयाँबराबरको मोबाईल फोन जित्न सक्नेछन् । यसैगरी हरेक महिना १ जना ग्राहक र एक जना व्यापारीले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र व्यापारीले अन्य थप तीन जनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् । उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा दैनिक ५ जना ग्राहक र व्यापारी गरी कुल १८ सय १० जनाले उपहार पाउनेछन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना दुुई जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । फोनपेका हाल ७५ हजारभन्दा धेरै व्यापारी रहेका छन् भने नेपालभरका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका ८० लाख मोबाइल बैंकिङ सदस्य रहेका छन् । फोनपेले सदस्य बैंक तथा वित्तीय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x