कन्टिनेन्टलका घिमिरेबाट करोड रुपैयाँ राशीको पुरस्कार
काठमाडौं ।
प्रतिष्ठित उद्यमी सुहृद घिमिरेले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर खटेका स्वास्थ्यकर्मीको सम्मानका लागि एक करोड एक रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका छन् । उनले बारबरा फाउन्डेसनमार्फत प्रदान गर्ने गरी उक्त पुरस्कार राशी घोषणा गरेको फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले जानकारी दिएका छन् । नेपालका लागि किया गाडीको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष घिमिरे बारबरा फाउन्डेसनका कार्यकारिणी सदस्य हुन् ।
घिमिरे र उनकी सुपुत्री अदितीले व्यक्तिगत तथा पारिवारिक जीवन त्यागेर अहोरात्र मानवीय सेवामा खट्ने स्वास्थ्यकर्मीको मानवताप्रतिको समर्पण भावको सम्मानका लागि पुरस्कार राशी प्रदान गर्न लागेको डा. रुइतले जनाएका छन् । बारबरा फाउन्डेसनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिलाई विशेष सम्मान गरेको स्मरण गर्दै अध्यक्ष डा. रुइतले यस वर्ष स्वास्थ्यकर्मी वा संस्थालाई सम्मान गर्न लागेको जानकारी गराएका छन् । फाउन्डेसनले हामी नेपाल समूहका संकटका सारथी युवासँग मिलेर निरन्तर काम गरिरहेको पनि जानकारी गराएका छन् ।
फाउन्डेसनले पुरस्कृत गर्ने अग्रपंक्तिका स्वास्थ्यकर्मी वा संस्था छनोट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्कीलगायत रहेको एक निर्णायक समिति गठन गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया