प्रदेश २ सरकारले किन्यो अशोक लेल्यान्डका नौवटा दमकल
काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई नौ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं. २ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त सहकार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा आईएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशील राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले नौ थान दमकल हस्तान्तरण गरेका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए । कुसवाहाले चालू आवको बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए ।
अशोक लेल्यान्डको १६१६ आईएल मोडलको च्यासिसमा बनाईएको दमकलमा जापानी ‘शीबौरा कम्पनीको’ पम्प प्रयोग गरिएको छ जसले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकलजस्तै काम गर्न सकिने जनाएको छ । यस दमकलमा पाँच हजार पाँच सय लिटर पानी अट्ने क्षमता रहेको छ । साथै दमकलमा पाँँच सय लिटर फोम भर्न सकिन्छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षति हुनबाट रोक्न सकिन्छ ।
कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलिक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको जानकारी दिएको छ ।
केही महिनाअगाडि अशोक लेल्यान्डको दमकल नेपालका विभिन्न नगरपालिका पूर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिका साथै नेपाल आयल निगम लिमिटेडलाई हस्तान्तरण गरिएको थापाले बताए । दमकलको कार्यक्षमता, यसमा रहेका अत्याधुनिक उपकरण, साथै दमकलको मर्मत खर्च कम हुने भएकोले यो दमकल नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया