कोका–कोलाद्वारा नेपालमा अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न क्रिएसनलाई सहयोग
काठमाडौं ।
कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण आइपरेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेसनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रिएसनलाई सहयोग गरेको छ । यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरुमध्यको एक हो । यो रकम कोका–कोला फाउन्डेसनले नेपाल रेड क्रस सोसाइटीलाई भ्याक्सिनेसन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो ।
कम्पनीका अनुसार यो दुवै सडक र हवाइद्वारा परिवहनयोग्य छ र यसलाई चाँडै स्थापना गर्न सकिन्छ । यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा हुनेछैन । प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डरसम्म केटर गर्न सक्छ । यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ ।
फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले क्रिएसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको छ । अक्सिजन उत्पादन गर्ने युनिटले २० हजारभन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ्ग अक्सिजनको सप्लाईले ठूलो फाइदा हुनेछ । यस्तै १८ हजारभन्दा बढी अस्पतालको बेडहरुले एक वर्षसम्म नियमित अक्सिजनको सप्लाई पाउनेछन् भने पाँच हजारभन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइनेछ । स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको समर्थनमा सरकारी अस्पतालमा यो प्लान्टको स्थापना हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया