नेपाल हस्तकला महासंघबाट राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं ।
हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । महासंघले विगत लामो समयदेखि जनहितकारी कार्यमा संलग्न रहँदै आएको जनाएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रबाट कोभिड १९ बाट संक्रमित बिरामीहरुको निमित्त सञ्चालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै महासंघले उक्त कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यबाट केन्द्रलाई एक लाख आर्थिक सहयोग उपलब्ध गराएको हो ।
उक्त सहयोग राशी सो केन्द्रको नाममा ग्लोबल आईएमई बैंक, नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरिएको महासंघले जनाएको छ । सहयोगले कोभिड १९ को न्यूनीकरणको निमित्त उक्त केन्द्रले सम्पादन गर्ने कार्यमा थप मद्दत पुग्न जाने महासंघले विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया