‘टेलिमेडिसिन सेन्टरबाट दैनिक तीन सय बिरामीहरुलाई स्वास्थ्य परामर्श सेवा
काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट सञ्चालित टेलिमेडिसिन सेन्टरबाट दैनिक तीन सय कोभिड तथा ननकोभिडका बिरामीहरुले स्वास्थ्य परामर्श सेवा लिने गरेका छन् । कोभिड–१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेकोले उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौँ’ भन्ने अभियानमा अनुसा चेम्बर तथा चिकित्सकले जेठ १६ देखि टेली मेडिसिन सेन्टरबाट परामर्श सेवा दिन सुरु गरेको थियो ।
टेलिमेडिसिन सेन्टरको लागि चेम्बर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा तीन सय जनाले सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा अन्य बिरामीहरुले पनि यस सेवाबाट परामर्श प्राप्त गर्नसक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए । यस केन्द्र सञ्चालनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेसन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सहप्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तिहरुले मेरो डक्टर एप डाउनलोड गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्बन्धमा मेरो डक्टर डट कम/हेल्पमा गई यसबारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया