युरोकपको प्रत्यक्ष प्रसारण डिसहोममा
काठमाडौं ।
नेपालको डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले युरोकपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरोकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । डिशहोमबाट हुने युरोकपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इनब्युल्ट भाषा चाहिँ अंग्रजी कमेन्ट्री हुनेछ ।
रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् । डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सकिने डिशले जनाएको छ। त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउँछ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको छ । त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिन्छ ।
डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टीभी, च्यानल नम्बर ५४३, सीम टीभी च्यानल नम्बर १०५ र ९९१, मेरो टीभी च्यानल नम्बर ९००, नेट टीभी च्यानल नम्बर ५२९, डिओइएन टीभी च्यानल नम्बर ४२०० र प्रभु टीभी च्यानल नम्बर ७१६ बाट पनि हेर्न सकिने डिशले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया