ओप्पो एलएफ एआई र डाटा फाउन्डेसनमा सम्मिलित
काठमाडौं ।
ओप्पोले आधिकारिक रुपमा एलएफ एआई र डाटा फाउन्डेसनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा आफ्नो संलग्नता जनाएको छ । यसमार्फत नवप्रवर्तन तथा एआई प्रविधिको अंगीकरणका लागि ओप्पोलगायत अन्य प्रिमियर सदस्यहरुले सशक्त ओपन सोर्स एआई र डाटा कम्युनिटिजको प्रवद्र्धनका लागि उल्लेखनीय योगदान पु-याउनेछन् ।
सन् २०१८ मार्च महिनामा लिनक्स फाउन्डेसनद्वारा स्थापित एलएफ एआई एण्ड डाटा फाउन्डेसनमा विभिन्न उद्योगमध्येका ४९ सदस्य सम्मिलित छन् । यस फाउन्डेसनको उद्देश्य भन्नु नै संस्थाका सदस्यहरुबीच सहकार्यको सम्भावनालाई बढावा दिँदै नयाँ अवसरहरु खोल्दै ओपन एआई र डाटा कम्युनिटीको स्थापना तथा विकास गर्दै एआई, एमएल र डाटा क्षेत्रमा ओपन सोर्स इन्नोभेसनलाई बढावा दिनु रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आफ्नो मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’तिर अग्रसर हुँदै, इन्टरनेट अफ एक्स्पेरियन्सको यस युगमा डेभलपर्स र पार्टनर्स दुवैका लागि फाइदाजनक ओपन इकोसिष्टमको निर्माण गर्नु ओप्पोको उद्देश्य हो । यसो गर्दा एलएफ एआई र डाटा फाउन्डेसन जस्ता समान सोच भएका पार्टनर्स एकअर्काप्रति सहकार्यका लागि आकर्षित हुन्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया